बर्दियामा लागु औषधसहित एक पक्राउ
शनिबार, चैत १०, २०८० मा प्रकाशित

बर्दिया,चैत १०(फरकसमाचार)/ लागु औषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–१ बस्ने २१ वर्षिय गगन बहादुर कडेललाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

मधुवन नगरपालिका–९ गाउँ नंम्बर १२ का बिमल वलीको घरबाट रेल्मि मोबाईल, नगद रु ४ हजार चोरीको खबर पाउन साथ खोजतलासको लागि प्रहरी परिचालन भएको थियो । इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएका प्रहरी टोलीले खोजतलास गर्ने क्रममा कडेललाई लागु औषधसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कडेल सुत्ने कोठामा चोरी भएको रेल्मि मोबाईल, ब्राउन सुगर जस्तो देखिने ५ सय ५० मिलिग्राम खैरो धुलो ३ पुरिया,नमस्ते र जेआईओको सिम कार्डसहित नोकिया मोबाईल फेला परेको प्रहरीले जनाएको छ ।

लागु औषधलगायत बरामद अन्य सामानसहित कडेललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम आर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय