एक साता देखि बच्चासहित महिला बेपत्ता
आइतबार, चैत ११, २०८० मा प्रकाशित

बर्दिया,चैत ११(फरकसमाचार)/एक साता देखि बच्चासहित महिला बेपत्ता भएकी भएकी छन् । राजापुर नगरपालिका–१० पखैपुरका आशिष थारुको श्रीमति २८ वर्षिय लक्ष्मी थारु एक साता अघि देखि बेपत्ता भएकी हुन् ।

माईता जान्छु भनेर घरबाट हिडेकी श्रीमति सम्पर्क बिहिन भएकी आशिष थारुले बताए । ‘११ वर्षिय छोरा जेन थारु र ४ वर्षिय छोरी रोशिका थारुलाई साथ लिएर श्रीमति एकाएक सम्पर्क बिहिन भएकी छन्’आशिष थारुले भने,‘माईता जान्छु भनेर घरबाट निस्केकी श्रीमति माईतामा पनि पुगेकी छैनन् ।’ श्रीमतिको माईता दाङ देउखुरी गएर सोधपुछ गर्दा नपुगेको खबर पाएको थारुले सुनाए ।

आफन्तहरुको घरमा समेत खोजतलास गर्दा कुनै पत्ता लागेको छैन । दुई वटा बच्चासहित श्रीमति बेपत्ता हुँदा तनाब बढेको आशिष थारुले जनाए ।
घरबाट निस्केको एक साता बितिसक्दा बुहारी र बच्चाहरुको कुनै जानकारी प्राप्त नहुँदा सिङ्गो परिवार चिन्तामा डुबेको आफन्त बलिराम थारुले बताए । बच्चा सहितकी बेपत्ता महिलालाई कसैले देखे नजिकैको प्रहरी चौकी अथवा ९८६६८३६६६५, ९७०४४३५४४६ मा खबर गरिदिनहुन परिवारले बिनम्र अनुरोध गरेको छ ।

बच्चासहित बेपत्ता महिलाको खोजतलास जारी रहेको ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक सुराज सिंहले बताए । महिला बेपत्ता भएको निवेदन आएपछि खोजतलासको लागि सुचना सोसल मिडिया सर्कुलर गरेका छौं, वडा एरियामा खोजतलास भईरहेको छ र जिल्लामासमेत खोजतलासको लागि जानकारी फरवार्ड गरेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय