होली पर्वको पूर्व संन्ध्यामा बजारमा रौनक
आइतबार, चैत ११, २०८० मा प्रकाशित

बर्दिया,चैत ११ (फरकसमाचार)/ होली पर्वको पूर्व सन्ध्यामा हाट बजार देखि सदरमुकाम गुलरियामा होलीको रौनकको बाछिटाले छापेको छ । अधिकांश बजारमा होलीमा लगाउँने कपडा र रंग बेच्न व्यबसायीको तछाडमछाड देखिन्छ । होलीको एक दिन अघि बजार नै रंगि बिरंगी देख्दा नजिएको होलीकोे छनक देखिसकेको छ ।

व्यबसायीले पनि हिन्दु धर्मावलम्बिको पर्वलाई मध्यनजर गरेर सडक छेउछाउँ पसल थापेका छन् । बिद्यार्थीको परीक्षा सकिएसँगै होलीका सामाग्री जोहमा बिद्यार्थीको बजारमा भिड बढेको छ । होली पर्वमा गुन्जायमय बनाउँन डिजे सहितको व्यबस्थापनमा यूवा पीडि जुटिरहेको छन् । बर्सो देखि नै होली पर्व डिजे बजाएर नाँच गाँन गरेर होली रंग साटासाट गर्ने परम्परागत चलन हो ।

घर आँगन, चोक र टोलमा होली गायन गुञ्जिरहेको छ । स–साना बालिकाले होलीका रंगको बर्षा नै सुरु गरिसकेका छन् । होली सुरु हुनु पुर्व नै यूवा उत्साहित देखिएका छन् ।

हुन त परम्परागत लोक गायन यो चाडको प्रमुख विशेषता हो । तर, रंगको यो पर्वमा समसामयिकक विषयमा व्यंग्य र हाँस्य मिश्रित जोगिरा पनि गाइन्छ । यतिबेला धित मरुन्जेल मनको कुरा गर्ने छुट हुन्छ । यसले रिसराग समाप्त भएर मन फुरुंग हुने र जीवनमा मिठास थपिने विश्वास गरिन्छ ।

प्रहरीले होली पर्वको व्यबस्थापनमा अप्रिय घटना नघटोस् भनेर सुरक्षारणनिति तयार गरेको छ । केहि पक्षले होली पर्व अवसरमा मदिरा सेवन अश्लिल हर्कत गर्ने माथी कडा निगरानी गर्ने तयारी गरेको छ । बजारमा कति व्यबसायीले आफ्नो पसल तर्फ आर्कषण गर्न ‘रंग वर्षे भिगे चुनर वाली, रंग वर्षे,’ लगायतका गितका धुन पस्किरहेको सुनिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय