जन्मदिनमा बिमा पोलिसि उपहार
आइतबार, चैत ११, २०८० मा प्रकाशित

बर्दिया,चैत ११/ विवाह, ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन बर्षौदेखि चल्दै आएको छ त्यसमा पनि अहिले व्यापक बन्दै गएको छ । त्यससंगै समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला दैनिक घरमा आवश्यक सामग्रीहरु उपहार दिने गरिन्थ्यो तर, अहिले जीवनकै अमुल्य उपहारका रुपमा बीमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।

यसैबीचमा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ मा स्थायि घर भएका बाबु पूर्ण बहादुर खत्री न्यौपाने र आमा अम्बिका मल्ल र पुष्पा मल्लकि छोरी सिब्दी न्यौपानेलाई १० लाख रुपैयाको बीमा पोलिसी उपहार दिएका हुन् । उनले छोरीलाई समृद्ध साबधिक २० बर्षे बीमा योजना प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. बाट दिएका हुन् ।

भबिष्यमा हुन सक्ने जोखिम, आर्थिक सुनिश्चित एवम् छोरीको भबिष्यलाई सोचेर छोरीको लागि बीमा पोलिसी उपहार दिएको बताए । नेपालगंज क्षेत्रका प्रमुख तेजेन्द्र न्यौपानेले जन्मदिनमा आफ्नो छोरीको भबिष्य सोचेर बीमा पोलिसी उपहार दिएकोमा बाबु पूर्णलाई धन्यवाद ज्ञापन गर्नुका साथै सम्पुर्ण अभिभावकहरुलाई अन्य चिज दिएर पैसाको खर्च गर्नुभन्दा बीमा पोलिसि दिएर आर्थिक एवं पारिवारीक सुरक्षा गर्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय