सवारी ज्यान मुद्दाका फरार व्यक्ति पक्राउ
सोमबार, चैत १२, २०८० मा प्रकाशित

बर्दिया,चैत १२(फरकसमाचार)/ सवारी ज्यान मुद्दाका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी नगरपालिका–२ बेलवा बस्ने ५० वर्षिय बुद्धिराम बुढाथोकीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

बाँके जिल्ला अदालतले २०७० साल जेठ ९ गते सवारी ज्यान मुद्दामा १ महिना ८ दिन कैद सजाय सुनाएको थियो । कैद सजाय पाएका बुढाथोकी सोही दिनदेखि फरार रहेका थिए । प्रहरीले खोजतलास गर्ने क्रममा आफ्नै घर वतनमा लुकिछिपी बसेको अवस्थामा बुढाथोकीलाई पक्राउ गरेको छ ।

प्रहरीले बुढाथोकीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि अदालतमा उपस्थित गराउने प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर