ट्राफिक नियम पढाएर नियन्त्रणमा लिइएको मोटरसाइकल प्रहरीले छोड्यो
बुधबार, चैत १४, २०८० मा प्रकाशित

बर्दिया,चैत १४(फरकसमाचार)/ होलीको दिन मापसे गरेर ट्राफिक नियमको उल्लंघन गरि चलाईएका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिईएको मोटरसाइकलका चालकलाई सम्झाई बुझाई र ट्राफिक नियमको बारेमा पढाएर छोडिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुल्सीराम अर्यालले बताए ।

‘ट्राफिक नियम उल्लंघन गर्ने जिल्लाको विभिन्न स्थानबाट ४७ वटा मोटरसाइकल नियन्त्रणमा लिएका थियौं’डिएसपी अर्यालले भने,‘सम्झाई बुझाई सोमबार साँझ र मंगलबार बिहान गरि नियन्त्रणमा लिईएका मोटरसाइकल छोडेका छौं ।’

पर्वको दिन दुर्घटना भएर कुनै अप्रिय घटना नहोस् भन्ने उदेश्यले अमर्यादित रुपमा चलाईएका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो । होलीको दिन जिल्लामा कुनै अप्रिय घटना नघटेको डिएसपी अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय