बिहिबार, चैत १५, २०८०
मा प्रकाशित
1261
Shares
बर्दिया,चैत १५(फरकसमाचार)/ अबैध रुपमा नदीजन्य पदार्थ बालुवा उत्खनन गरिरहेको अवस्थामा प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ । मधुवन नगरपालिका–४ स्थित बबई नदि किनारबाट प्रहरीले बुधबार दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।
वातावरणीय अध्ययन तथा अनुमती बिना नदीजन्य पदार्थ बालुवाको उत्खनन गरिरहेको अवस्थामा भे १ त १४३१ र भे २ त ७२५ नंम्बरको ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
दुवै ट्याक्टर नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम कारवाहीको लागि ढुङ्गा, गिट्टी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७ बमोजिम मधुवन नगरपालिकाको कार्यालयमा आवश्यक कारवाहीको लागि बुझाएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।