एसइई परीक्षा आजबाट सुरु
बिहिबार, चैत १५, २०८० मा प्रकाशित

काठमाडौँ, चैत १५ / माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट शुरु भएको छ। बिहीवार बिहान ८ बजेदेखि देशभर एसइई शुरु भएको हो।

काठमाडौं उपत्यकाका विभिन्न विद्यालयमाहरु एसईई दिन विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको छ। ८ बजेदेखि शुरु भएको परीक्षा बिहान ११ बजेसम्म ३ घण्टा सञ्चलन हुनेछ। आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा रहेको छ।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैङ्गिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी हुनेछन्। परीक्षा चैत्र २७ गतेसम्म सञ्चालन हुनेछ। नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय