जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ
शुक्रबार, चैत १६, २०८० मा प्रकाशित

काठमाडौँ,चैत १६ / १७ बर्सिया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बिर्तामोड नगरपालिका–५ डेरा गरी बस्ने इलाम माई नगरपालिका–६ घर भएका ४० वर्षीय गोपाल भन्ने मेघराज लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लिम्बुले ती किशोरीलाई बिर्तामोड नगरपालिका–४ स्थित कोहिनुर होटलमा बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यता तेह्रथुममा ४५ बर्सिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा म्याङलुङ नगरपालिका–१० सुसलिङ बस्ने २३ वर्षीय नरेश लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लिम्बुले ती महिलालाई सोही ठाउँस्थित बारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय