‘म्याराथन २०२०’ सम्पन्न
शनिबार, फागुन १७, २०७६ मा प्रकाशित

पर्सा, फागुन १७ : वीरगञ्जमा आयोजित ‘म्याराथन २०२०’ प्रतियोगिता सम्पन्न भएको छ । सेना दिवसको उपलक्ष्यमा नेपाली सेनाले आयोजना गरेको ‘एकताको लागि दौड’ प्रतियोगिता सम्पन्न भएको हो ।

नेपाली सेनाको मध्य पृतना हेडक्वाटरको अगुवाइ एवं मध्यपूर्वी पृतना हेडक्वाटरको सहयोग, २८ नम्बर बाहिनी अड्डा, वीरगञ्ज महानगरपालिका तथा नेपाल भ्रमण वर्ष २०२० प्रदेश नं २ को संयुक्त सहयोगमा भएको म्याराथन दौडमा एक किलो मिटर देखि ४२ किलो मिटर दौड समावेश रहेको थियो । ज्येष्ठ नागरिक, बालबालिका, महिला एवं फरक क्षमताका प्रतियोगीका लागि विभिन्न समूहको दौड भएको थियो ।

कूल ४२ किलोमिटरको खुल्ला म्याराथनमा खशेन्द्र भाट प्रथम, राजन रोकाया द्वितीय र तृतीय हरिकुमार रिमाल भएका थिए । प्रथमलाई एक लाख २५ हजार नगद र एउटा टिभिएस मोटरसाइकल, द्वितीयलाई एक लाख ५० हजार र तृतीयलाई एक लाख प्रदान गरियो । खुल्ला हाफ म्याराथनको महिलातर्फमा राजपुरा पछाइ प्रथम, फुलमेनी राना द्वितीय र विन्द्रा श्रेष्ठ तृतीय भएकी थिइन । पुरुषतर्फमा प्रथम राजेन्द्र राई, दीपक अधिकारी, द्वितीय र रामजी बस्नेत तृतीय भएका थिए । उनीहरूले क्रमश ७५ हजार, ५० हजार र ३५ हजार पाएका थिए ।

सात विधाका लागि भएको प्रतिस्पर्धामा चार हजार ५०० जनाले भाग लिएका थिए । यसअघि प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत र नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गरेका थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय