दुई दिवसीय क्रिकेटको उपाधि ग्रेट हिमालयलाई
सोमबार, फागुन १९, २०७६ मा प्रकाशित

काठमाडौँ, फागुन १९ : दुई दिवसीय हिमालय क्रिकेट लिग यु–१९ क्रिकेट प्रतियोगिताको उपाधि आयोजक ग्रेट हिमालय क्रिकेट एकेडेमीले हात पारेको छ ।  मुलपानी क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा काठमाडौँ क्रिकेट टेनिङ सेन्टर (केसीटिसी) लाई एक विकेटले पराजित गर्दै ग्रेट हिमालयले उपाधि जितेको हो ।

उपाधिसहित ग्रेट हिमालयले एक लाख ५० हजार प्राप्त ग¥यो । त्यसैगरी उपविजेतामा चित्त बुझाएको केसीटिसीले ७५ हजार प्राप्त ग¥यो । केसीटिसीले जितका लािग दिएको ११५ रनको लक्ष्य पछ्याएको ग्रेट हिमालयले ५७ ओभरमा नौ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । ग्रेट हिमालयका प्रशान्त सिंहले ३० बलमा दुई चौकासहित १६ रनको अविजित पाली खेले ।

त्यसैगरी आयुष बस्नेतले २४, अभिषेक बस्नेतले १९, संगीत बुढाथोकीले १६ तथा राशिद खानले १८ रनको योगदान दिए । बलिङतर्फ केसीटिसीका तिलक भण्डारीले छ विकेट लिँदा सूर्य तामाङले दुई तथा विविन आचार्यले एक विकेट झारे ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको केसीटीसीले २४ ओभर तीन बलमा ८० रनमा समेटिएको थियो । उसका लागि विवेक राना मगरले १८ रन जोडे भने सचिन लखाहले १४, निर्भीक पाठकले १३ तथा सुर्य तामाङले ११ रन जोडे । ग्रेट हिमालयका अरियो पौडेलले तीन विकेट लिँदा मोहम्मद हुसेन, विवेक यादव र सोनु देवकोटाले समान दुई÷दुई विकेट लिए । त्यस्तै राशिद खानले एक विकेट हात पारे ।

उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि केसिटिसीका सूर्य तामाङ घोषित भए । उनले २५ हजार प्राप्त गरे । त्यसैगरी उत्कृष्ट ब्याट्सम्यान ग्रेट हिमालयका आसिफ शेख र उत्कृष्ट बलर केसिटिसीका तिलक भण्डारी घोषित भए । दुवै खेलाडीले जनही दश हजार प्राप्त गरे । त्यस्तै इमर्जिङ खेलाडी घोषित भएका ग्रेट हिमालयका आरियो पौडेलले ट्रफी र क्रिकेट सामग्री प्राप्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय