हङकङको लगातार दोस्रो जीत
मङ्गलबार, फागुन २०, २०७६ मा प्रकाशित

काठमाडौँ, फागुन २० : एसिसी इस्टर्न रिजन पुरुष टि ट्वान्टी कप क्रिकेटमा हङकङले थाइल्याण्डलाई पराजित गरेको छ । थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा आज भएको खेलमा आयोजक थाइल्याण्डलाई आठ विकेटले पराजित गर्दै हङकङले लगातार दोस्रो जीत हात पारेको हो । यसअघि हङकङले आफ्नो पहिलो खेलमा नेपाललाई ४३ रनले पराजित गरेको थियो ।

थाइल्याण्डले दिएको ७८ रनको लक्ष्य हङकङले ७ दशमलव ४ ओभरमा २ विकेट गुमाएर पूरा ग¥यो । हङकङका लागि निजाकट खानले सर्वाधिक ३६ रनको योगदान दिँदा किन्चित साहले अविजित १९ तथा जेम्स जोन्सले अविजित ११ रन जोड्ए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७७ रन बनाएको थियो । उसका लागि जिउल हकले २३ रन जोड्दा डानिल जाकोब्सले १३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो हंक जोड्न सकेनन् । बलिङतर्फ हङकङका किन्चित साह, अफ्ताब हुसेन र इशान खानले २÷२ विकेट लिए । जितसँगै २ खेलमा ४ अंक जोडेको हङकङले शीर्ष दुईमा रहँदै एशिया कप छनोटको सम्भावना बलियो बनाएको छ ।

यता पराजित थाइल्याण्डको भने यो लगातार तेस्रो हार हो । यसअघि थाइल्याण्ड सिंगापुरसँग ४३ रनले पराजित भएको थियो भने मलेसियासँग ८ विकेटल परातिज भएको थियो । प्रतियोगितामा नेपालसहित मलेसिया, आयोजक थाइल्याण्ड, सिंगापुर र हङकङले प्रतिस्पर्धा गरिरहेका छन् । राउण्ड रोबिन आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् । सोही प्रतियोगिताअन्र्गत बुधबार दुई खेल हुनेछ । जसमा नेपालले थाइल्याण्डसँग खेल्नेछ भने हङकङले सिंगापुरको सामना गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय