क्रिकेट–नेपाल तीन स्थान तल झर्यो
मङ्गलबार, फागुन २०, २०७६ मा प्रकाशित

काठमाडौँ, फागुन २० : अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टि ट्वान्टीवरियतामा नेपाल तीन स्थान तल झरेको छ । आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल तीन स्थान तल झर्दै १५ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १२ औँ स्थानमा थियो । टि ट्वान्टीवरियतामा नेपाल हालसम्म ११ औँ स्थानसम्म पुगेको छ ।

एसोसियट राष्ट्रमा भने नेपालभन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ । स्कटल्याण्ड १२ र युएई १४ औँ स्थानमा रहेको छ । टि ट्वान्टीवरियताको शीर्ष स्थानमा पाकिस्तान रहेको छ भने अष्ट्रेलिया दोस्रो, इंग्ल्यान्ड तेस्रो, भारत चौंथो तथा दक्षिण अफ्रिका पाँचौं स्थानमा छ । एक दिवसीय वरियतामा भने नेपाल यथावत् रहेको छ । नयाँ वरियताअनुसार नेपाल १६ औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय