प्रदेश १ मा थप १५ जनामा कोरोना संक्रमण पुष्टि
मङ्गलबार, असार ०९, २०७७ मा प्रकाशित

विराटनगर, असार ८ : प्रदेश १ मा सोमबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोशी अस्पताल विराटनगर र प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

आज संक्रमण पुष्टि भएकामा मोरङका १२ र झापा तीनजना रहेका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएका १५ जना मध्ये चार जना मोरङका एकै परिवारका रहेका छन्। योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४६३ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय