हवाई आक्रमणमा अफगानिस्तानमा १६ लडाकू मारिए
आइतबार, माघ १२, २०७६ मा प्रकाशित

अफगानिस्तान, माघ १२ : अफगानिस्तानमा भएको भिडन्तमा परी कम्तीमा १६ लडाकू मारिएका छन् । तालिवान लडाकूहरूको आश्रयस्थलका रुपमा चिनिने बाल्ख प्रान्तको बाल्ख जिल्लामा शनिबार दिउँसो भएको घटनामा परी उनीहरू मारिएका हुन् ।

अफगानिस्तानको उत्तरी क्षेत्रका सैन्य प्रवक्ता मोहम्मद हानिफ रेजाईले आइतबार दिएको जानकारी अनुसार तालिवान लडाकूहरूलाई नै लक्षित गरेर हवाई आक्रमण गरिएको जानकारी दिए । लडाकूहरू लुकेर बसेको सूचना थाहा पाएपछि सुरक्षाकर्मीहरूले त्यस क्षेत्रमा केही दिनदेखि सुरक्षा कारबाही चलाएका थिए ।

घटनाका बारेमा तालिवान लडाकूहरूको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । घटनास्थल केन्द्रीय राजधानी काबुलदेखि ३०५ किलोमिटर उत्तरतर्फ पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर