भदौ २६, " />

उपचाररत कोरोना संक्रमितको मृत्यु
शुक्रबार, भदौ २६, २०७७ मा प्रकाशित

भदौ २६, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौं निवासी ६३ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार संक्रमित ती पुरुषको आज बिहान ३ बजे मृत्यु भएको हो । उनी भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

उनमा कोरोना संक्रमणबाहेक अन्य स्वास्थ्य समस्या भए नभएको भन्नेबारे स्वास्थ्य कार्यालयले खुलाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर