बर्दियाका सुत्केरी महिलाका लागि ओरेकको राहत प्याकेज
शुक्रबार, भदौ २६, २०७७ मा प्रकाशित

दुर्गा आचार्य
बर्दिया, भदौ २६ । मुलुक कोरोना संक्रमणको त्रासका कारण लकडाउनको मार खेप्दै आईरहेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरेको वन्दावन्दीका कारण अतिविपन्न, मजदुरहरु भोकको पीडा खेपिरहेका छन् । गरिव, अतिविपन्न मजदुर परिवारका गर्भवति तथा सुत्केरी महिलाहरु थप मार खेप्दै आईरहेका कारण अन्य समस्या खेप्दै आईरहेका छन् ।  बर्दियाका विपन्न परिवारका सुत्केरी तथा गर्भवति महिलाहरुको स्वास्थ्य र सरसफाईलाई मध्यनजर राख्दै महिला अधिकारका क्षेत्रमा लामो समय देखि काम गर्दै आईरहेको ओरेक नेपालले पोषण सहितको राहत सामाग्री उपलव्ध गराएको छ ।  राजापुर , गुलरिया नगरपालिका र बढैयाताल गाँउपालिकाका एकसय जना महिलालाई राहत वितरण गरेको छ । सरसफाई सामाग्री सहितको राहत प्राप्त गरेपछि सुत्केरी तथा गर्भवति महिलाहरुले थोरै भए पनि राहत महशुस गरेको वताएका छन् । ओरेक नेपालले स्थानिय तहसंगको समन्वयमा २५किलो चामल, २ किलो दाल, २ लीटर तेल, २ किलो चना, नुन १ किलो, सावुन ६ वटा सेनिटरी प्याड सहितको राहत उपलव्ध गराएको छ । लकडाउनका बेला विपन्न परिवारका सुत्केरी तथा गर्भवति महिलाहरुका लागि पोषण, सरसफाई सहित उपलव्ध गराईएको राहतले केहि दिनका लागि भएपनि समस्या समाधान हुने गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले वताए । कोभिड १९ का कारण विपन्न परिवारका गर्भवति तथा सुत्केरी महिलाहरुलाई खाद्यान्न तथा सरसफाइ सामाग्रीको थप आवश्यकता पर्ने भएको हुँदा थोरै भएपनि ओरेक नेपालले राहत उपलव्ध गराएको ओरेक नेपाल बर्दियाकी कार्यक्रम संयोजक सर्मिला निरौलाले वताईन । स्वास्थ्यलाई मध्यनजर राख्दै आगामी दिनहरुमा पनि यस्ता महिलाहरुका लागि थप राहत सामाग्रीको लागि पहल गर्ने संयोजक निरौलाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर