भदौ २६ । भारतमा क" />
भारतमा एकैदिन कोरोनाबाट १२ सयभन्दा बढीको मृत्यु
शुक्रबार, भदौ २६, २०७७ मा प्रकाशित

भदौ २६ । भारतमा कोरोना भाइरसबाट एकैदिन एक हजार २०९ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यससँगै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ७६ हजार २७१ पुगेको छ ।

साथै पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ९६ हजार ५५१ नयाँ संक्रमित थपिएका छन् । एकैदिन थपिएका नयाँ संक्रमितको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । नयाँ संक्रमित संख्यामा भारतले निरन्तर नयाँ रेकर्ड बनाउँदै आएको छ । अघिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ९५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका थिए । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४५ लाख ६२ हजार ४१५ पुगेको छ ।

भारतमा अहिलेसम्म कोरोना भाइरसका ३५ लाख ४२ हजार ६६४ संक्रमित निको भई डिस्चार्ज भइसकेका छन् । अझै नौ लाख ४३ हजार ४८० संक्रमित निको हुन बाँकी छन् । भारत अमेरिकापछि सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर