बुटवलमा नवलपरासीका एक संक्रमितको मृत्यु
शुक्रबार, भदौ २६, २०७७ मा प्रकाशित

भदौ २६, बुटवल । बुटवलको कोरोना विशेष अस्पतलामा नवलपरासीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ का ५५ वर्षे पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

भदौ १९ गतेदेखि कोभिड अस्पतालको आइसीयुमा उपचार गराइरहेका ती पुरुषको शुक्रबार बिहान ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी गराए । उनका अनुसार उनलाई मधुमेह र कलेजोको समस्या थियो।

प्रतिक्रिया

सम्बन्धित खवर