बाँकेमा १८ र बर्दियामा १ जना कोरोना संक्रमित पुष्टि
शुक्रबार, भदौ २६, २०७७ मा प्रकाशित

भदौ २६ । भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोेगशालामा गरिएको स्वाब परिक्षणको रिपोर्टमा बाँकेका १८ र बर्दियाका १ जना गरी १९ जनामा कोरोना संक्रमण देखिएकोे छ ।

कोरोना संक्रमण देखिएका मध्ये बाँके जिल्लाका ४ महिला र १४ पुरुष रहेका छन् भने बर्दियाका १ जना पुरुषलाई मात्र कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । यससँगै पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७०१ जनाको परीक्षण गर्दा १४५४ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर