भक्तपुरमा घरभित्र ३ जनाको शव भेटियो
शुक्रबार, भदौ २६, २०७७ मा प्रकाशित

भदौ २६, काठमाडौं । भक्तपुरमा एकघरका तीन जना आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् ।

मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका हुन् । प्रहरीका अनुसार उनीहरुले पालेको कुकुर पनि मृत अवस्थामा भेटिएको छ ।

घटनाबारे जानकारी पाएपछि भक्तपुरका एसपी तारादेवी थापा र महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा घटनास्थलमा छानबीनका लागि गएका छन् ।

घटनाको विषयमा भने विस्तृत जानकारी आइनसकेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर