तुर्कमेनिस्तानका राष्ट्रपतिद्वारा छोरालाई शक्तिशाली मन्त्रालय
शनिबार, माघ २५, २०७६ मा प्रकाशित

अस्गाबाट, तुर्कमेनिस्तान, माघ २५ : ग्यासको धनीराष्ट्र तुर्कमेनिस्तानका वर्तमान राष्ट्रपतिले आफ्ना छोरालाई शक्तिशाली मन्त्रालयको जिम्मेवारी दिएका छन् । राष्ट्रपति गुर्बान्गुली बेर्डीमुखामेडोभले आफ्नो छोरालाई उद्योग र निर्माणमन्त्रीका रुपमा नियुक्त गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

तुर्कमेनिस्तानको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले शनिबार दिएको जानकारीअनुसार देशको धेरै रकमका परियोजनाहरूलाई हेर्ने गरी उनले छोरालाई मन्त्री बनाए ।

राज्यले प्रकाशन गर्ने गरेको पत्रिका नेचुरल तुर्कमेनिस्तानले ३८ वर्षीय छोरा सेर्डर बेर्डीमुखामेडोभलाई मन्त्रीका रुपमा नियुक्त गरिएको सम्बन्धी पत्र पनि प्रकाशित गरेको छ । उद्योग तथा निर्माणमन्त्रीले हवाई, स्थल र जल यातायातसँगै सञ्चार लगायतको क्षेत्र पनि हेर्ने जनाइएको छ ।

राष्ट्रपति पुत्र बेर्डीमुखामेडेभलाई राष्ट्रपतिले आफ्को सशक्त उत्तराधिकारीका रुपमा तयार पार्दै लैजानु भएको छ । उनले तुर्कमेनिस्तानमा विपक्षी, स्वतन्त्र संवैधानिक निकाय र प्रेस स्वतन्त्रता नभएको राजनीतिक प्रणाली चलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर