कजाकस्तान भिडन्तमा आठजनाको मृत्यु
शनिबार, माघ २५, २०७६ मा प्रकाशित

नुरसुल्तान, कजाकस्तान, माघ २५ : मध्य एसियाई मुलुक कजाकस्तानको दक्षिणको एक गाउँमा शुक्रबार भएको भिडन्तमा आठजनाको मृत्यु हुनाका साथै एक दर्जन घाइते भएका छन् ।

कजाकस्तानका गृहमन्त्री यार्लान टुर्गुमबायेभले प्रहरी र सेनाको हस्तक्षेपका कारण स्थिति नियन्त्रणमा आइसकेको बताउनुभयो । उक्त भिडन्त स्थानीय गाउँलेबीच भएको थियो ।

उक्त द्वन्द्व मुख्य रुपमा कजाख समुदाय र अल्पसंख्यक डुन्गानबीच भएको थियो । स्थानीय युवा हातहातमा लाठी र अरू घरेलु हतियार लिएर एकअर्काविरुद्ध उत्रिएको सामाजिक सञ्जालमा तस्बिरहरू राखिएका छन् । उक्त घटना हुनुको मुख्य कारणबारे भने स्पष्ट हुन सकेको छैन । कजाकस्तानमा एक सयभन्दा बढी जातजाति रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर