अफगानिस्तानमा सैनिक कारवाहीमा १८ लडाकूको मृत्यु
शनिबार, माघ २५, २०७६ मा प्रकाशित

अफगानिस्तान, माघ २५ : अफगानिस्तानको पूर्वी लघमान प्रान्तमा दुई साताको अवधिमा सेनाको कारवाहीमा एकजना तालिबानी कमान्डरसहित कम्तीमा १८ तालिबानी लडाकूको मृत्यु भएको छ ।

सेनाद्वारा जारी विज्ञप्तिमा तालिबानका स्थानीय कमान्डर मुल्लाह ब्रादारको मृत्यु भएको उल्लेख छ । कारवाहीका क्रममा अलिसिङ जिल्लाका तालिबानका छाया गभर्नर क्वारी मेराजुद्दिन समेतका अरू दर्जनौँ लडाकू घाइते भएका छन् । उक्त सैनिक कारवाहीमा लडाकू विमानको पनि प्रयोग गरिएको सेनाले जनाएको छ ।

दर्जनौँ गाउँ तालिबानीको कब्जाबाट मुक्त गर्न सफल उक्त सैन्य कारवाहीका क्रममा चारजना सैनिक पनि घाइते भएको सेनाले जनाएको छ । उक्त कारवाही र क्षतिका बारेमा तालिबान समूहले केही बताएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर