चर्चित फुटबलर म्याराडोनाकाे निधन
बिहिबार, मङि्सर ११, २०७७ मा प्रकाशित

११मंसिर(फरकसमाचार)अजेन्टिनाका महान् फुटबलर डिएगो म्याराडोनाको हृदयाघातका कारण ६० वर्षको उमेरमा बुधबार निधन भएको छ। अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका म्याराडोनाको ब्युनर्स आयर्सस्थित आफ्नै निवासमा निधन भएको अर्जेन्टिनी सञ्चारमाध्यमले जनाएका छन्।

उनको दुई साताअघि मात्र ब्युनर्स आयर्सस्थित ला प्लाटा अस्पतालमा मस्तिष्कको सफल शल्यक्रिया भएको थियो। उनी गत नोभेम्बरमा अस्पतालबाट घर फर्किएका थिए। यद्यपि बुधबार बेलुका मात्र उनको डिस्चार्ज हुने भनिएको थियो तर सडकमा रहेका आफ्ना हजारौं समर्थकलाई भेट्न आतुर भएकाले उनी अस्पतालकै सहमतिमा चाँडै घर फर्किएका थिए।

म्याराडोनाले आफ्नै कप्तानीमा अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकप दिलाउँदा इङ्ल्यान्डविरुद्धको क्वार्टरफाइनलमा हातले गोल गरेका थिए, जसलाई ‘ह्यान्ड अफ गड’ भन्ने गरिन्छ। यही गोलका कारण त्यतिबेला इङ्ल्यान्ड पराजित भएको थियो।

अर्जेन्टिना फुटबल एसोसिएसनले सामाजिक सञ्जालमार्पmत विज्ञप्ति जारी गर्दै ‘लिजेन्ड’को निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। ब्राजिलका अर्का लिजेन्ड पेलेले पनि म्याराडोनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भनेका छन्, ‘एक दिन हामी आकाशमा सँगै फुटबल खेल्नेछौं।’

म्याराडोनाले बार्सिलोना र नेपोलीबाट क्लब फुटबल खेलेका थिए। उनले नेपोलीलाई दुईपटक सिरी ‘ए’ को उपाधि दिलाएका थिए। अर्जेन्टिनाबाट चार विश्वकपमा सहभागिता जनाएका उनले राष्ट्रिय जर्सीमा ९१ खेल खेल्दा ३४ गोल गरे। उनले सन् १९९० को इटालीमा भएको विश्वकपमा पनि अर्जेन्टिनालाई फाइनलसम्म डो¥याएका थिए। त्यतिबेला अर्जेन्टिना वेस्ट जर्मनीसँग पराजित भएको थियो। सन् १९९४ मा अमेरिकामा भएको विश्वकपमा भने उनी ड्रग्स टेस्ट असफल भएपछि बीचैमा घर फर्किएका थिए। लागुऔषध प्रयोगकै कारण उनी १५ महिना प्रतिबन्धमा समेत परे। उनले सन् १९९७ मा ३७ वर्षको उमेरमा व्यावसायिक फुटबलबाट सन्न्यास लिएका थिए। उनी अर्जेन्टिनी फुटबल प्रशिक्षकको जिम्मेवारीका रूपमा पनि रहेका थिए।साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर