१४ मंसिर, बुटवल । " />
बुटवल–पाल्पा सडक आजदेखि ५ दिनसम्म दैनिक ४ घण्टा बन्द
आइतबार, मङि्सर १४, २०७७ मा प्रकाशित

१४ मंसिर, बुटवल । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड आइतबार (आज) देखि पाँच दिनसम्म दैनिक ४ घण्टा बन्द गरिएको छ ।

राजमार्गको झुम्सा–दोभान खण्डमा कालोपत्रे गर्नका लागि दिनमा दुई पटक गरी दैनिक ४ घण्टा सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

डिभिजन प्रमुख मुकुन्दराज अधिकारीका अनुसार बिहान १०ः३० बजेदेखि १२ः३० बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म राजमार्गमा सवारी आवागमन बन्द रहनेछ ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर