चुनावपछि राजनीतिक बादल हट्छः मुख्यमन्त्री पोखरेल
बुधबार, पुष २९, २०७७ मा प्रकाशित

राम प्रसाद चौहान
बर्दिया, पुस २९ / प्रधानमन्त्री केपी शर्मा ओलीका सहयोगी मानिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद विघटनको बचाउ गर्दै पदीय आकांक्षाबाट सिर्जना भएको राजनीतिको कालो बादल चुनावपछि हटेर जाने बताएका छन् ।

मंगलबार लुम्बिनी प्रदेश सरकारको सहयोगमा निर्माण भएको शिवगंगा आँखा उपचार केन्द्रको उद्घाटन गर्दै उनले प्रधानमन्त्रीसँग अरु कुनै विकल्प नभएर संसद विघटन गर्नुपरेको दाबी गरे । ‘चुनावका बेलामा एउटाको अनुहार देखाएर चुनाव जित्ने र अर्को प्रधानमन्त्री हुन खोज्ने प्रवृत्तिले गर्दा यस्तो अवस्था आएको हो’, मुख्यमन्त्री पोखरेलले प्रचण्डप्रति इंकित गर्दै भने, ‘अब चुनाव भयो भने यस्तो यस्ता राजनीतिक वादविवाद हराउँछन् ।’

उनले चुनावपछि राजनीतिमा लागेको कालोबादल हट्ने र मुलुक सुशासनको बाटो तर्फ जाने दाबी पनि गरे । साथै चुनावको ताजा जनादेशले सबैको वास्तविकता उजागर गर्ने उल्लेख गरे ।

उनले चुनावपछि मात्र राजनीतिक सुशासन र संस्कृतिको बिकास हुने बताए । मुख्यमन्त्री पोखरेलले संविधानले सबै अधिकार प्रत्याभूत गरेको ती अधिकार प्राप्तिका लागि मुलुक धनि हुनु पर्ने बताए । मुख्यमन्त्रीले जनताको अधिकार सुरक्षित भइसकेको र अब मुलुक धनि र समृद्ध बनाउने तर्फ काम गर्नुपर्ने उनले बताए ।

आँखा अस्पतालको नयाँ भवन

मुख्यमन्त्री पोखरेलले नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखाले मानविय सेवालाई अझै प्रभावकारी बनाउन शुभकामना पनि दिए । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले केहि समय अगाडि गुलरिया आँउदा निर्माण धिन भवनको पिलर मात्र देखेको थिए । बर्दिया रेडक्रस सोसाइटीका सभापति कृष्ण प्रसाद गौतमले प्रदेश सरकारले सहयोग गरे भवननिर्माण गरी सेवादिन सक्ने सुनाएका थिए । सभापतिले आग्रह गरेको रकम प्रदेश सरकारले उपलब्ध गराएको मुख्यमन्त्रीले बताए ।आँखा उपचार केन्द्रको रुपमा स्थापना गरेको भवन देख्दा ठुलै अस्पताल जस्तै देखिएको खुसी व्यक्त गरेका थिए । त्यसैगरी जिल्ला अस्पताललाई पनि अगाडि बढाउने र प्राविधिकजन शक्ति उत्पादन गर्ने पनि योजना बनाएको मन्त्री पोखरेलले बताए ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्वारा संचालित आँखा उपचार केन्द्र २०४७ साल कात्र्तिक २२ गते रक्त संचार केन्द्रको भवनमा सिएचपीको सहयोगमा सेवा प्रवाह गर्दै आइरहेको थियो ।

गुलरिया नगरपालिका–८ निवासी शिवप्रसाद उपाध्याय र उनकीश्रीमतीगंगा देवि उपाध्यायबाट दान स्वरुप ४ कठ्ठा ३ धुर जग्गा र ४ कोठाको भवन समेत मानविय सेवामा सर्मपीतभई २०६३ सालअसोज ३ गते नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियालाई आँखा उपचार केन्द्र संचालन गर्नका लागि हस्तान्तरण गरेका थिए ।

शिवगंगा आँखा उपचार केन्द्रको भवन निर्माणमा लुम्बिनी प्रदेश सरकारको ८५ लाख र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको ५५ लाख गरी १ करोड ४० लाखको लागतमा भवननिर्माण भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर