कुडिया नदीमा पुल बनाउने मन्त्री विकको आश्वासन
बिहिबार, माघ ०१, २०७७ मा प्रकाशित

रामप्रसाद चौहान

बर्दिया, पुस २९(फरकसमाचार) उद्योग वाणिज्य तथा आपूर्ति राज्य मन्त्री विमला विकले गुलरिया नगरपालिका–८ मा पर्ने सरजु नदीको शाखा नदी कुडियामा पुल बनाउने आश्वासन दिएकी छन् ।
गुलरिया नगरपालिका–८ सर्जुनदी टपरा टोल र गुलरिया बजारलाई जोड्ने कुडिया नदीमा रहेको बाँसे पुलको आवागमन गर्न जोखिम भएपछि मन्त्रीले पुलको योजना पार दिने आश्वासन दिएपछि स्थानीय खुसी भएका छन् ।
स्थानियहरु बजार सम्म आवागमनका गर्न बर्खामास समस्यामा पर्ने गरेको भन्दै स्थानीयले पटक पटक माग गरेपनि सम्बन्धित निकायले सुनुवाई नगर्दा पुल वारपार गर्दा बाँसे पुलको भर पर्न परेको छ ।

उक्त क्षेत्रका स्थानीयसँग बुधवार छलफल गर्ने क्रममा मन्त्री विक समक्ष पुलको आवश्यक्ता पहिलो प्राथामिकता भएको स्थानीय बताएका थिए । ‘हामीलाई साझ बिहान हिड्न पुल नहुदा हामीहरुको यात्रा असुरक्षित भएको छ,’उनले भने, ‘पुल नहुँदा वर्षा देखि सास्ती खेप्न परिरहेको छ ।’ टुटेफुटेका अवस्थाको बाँसको पुल भत्कने जोखिम उत्तिकै भएको स्थानीयको भनाई छ । मन्त्री विकले पुलको अवलोकन गरी स्थानियलाई

आफ्नो कार्यकालम पुल बनाउने प्रतिवद्धता स्थानीयसँगको साक्षात्कार बताएपछि स्थानीय मन्त्रीलाई स्वागत गरेका थिए ।
‘म कहिलेसम्म मन्त्री बन्ने हो थाहा छैन,’उनले भने,‘यँहा पुल बनाउँनु मेरो प्राथामिकतामा परेको छ ,मेरो कार्यकालमा पुर्णता दिन्छु ।’
विगत देखि नै पुल बनाउने कुरा उठिरहदा पनि हालसम्म पुल बन्न नसकेकोमा उनले दुःख व्यक्त गरिन् । ‘आफ्नो कार्यकाल २÷३ दिनमै सकियो भने केहि गर्न सकिदैन तर मैले ३÷४ महिना काम गर्न पाए भने आफ्नै कार्यकालमा आफै आएर पुलको उद्घाटन गर्छु’उनले भनिन् ।
त्यसैगरी त्यस ठाउँमा सुकुम्बासी तथा लालपुर्जाको समस्या रहेकोले त्यसको लागि पहल गर्ने समेत उनले आश्वासन दिएकि छन् । ‘तपाईहरु आफ्नो ठाउँमा बस्नु कसैले उठाउन प्रयास गरेमा मलाई खबर गर्नु हामीतुरुन्तै रोक्न लगाउँछौ,’उनले भनिन् । अब सरकारले छिट्टै लालपुर्जा वितरण गर्ने योजना बनाएको मन्त्रीले उल्लेख गरिन् ।

संसद विघटनले केन्द्रमा सांसद नरहेको र आफु मात्र मन्त्री बन्ने अवसर पाएकोले बर्दियाको विकासका लागि बजेट ल्याउने पहल कर्ताको रुपमा आफु मात्र रहेको उनले बताईन् । संसद बिघटन भएको अवस्थामा एक्लैले बर्दियाको नेतृत्व गर्ने अवसर पाएको बताउँदै यँहाका समस्या समाधान हुने कुराको उनले विश्वास दिलाईन । मन्त्री विक मधुवन नगरपालिकाको स्थानीय हुन । गुलरिया स्थित बगलामुखी विद्यालयमा अध्ययन गरेको समेत उनले स्मरण गरिन् । आफ्नो अमुल्य समय पनि यस क्षेत्रमा खर्चेकाले यस क्षेत्रको विकासका लागि योगदान रहने उनको भनाई छ । बर्दियाको माटोसँग आफ्नो नाता कायम रहेकाले यस क्षेत्रको विकास, समृद्धिका र समस्या समाधान गरेर स्थानीयको विश्वास जित्ने उनले दाबी गरिन् । यसै ठाउँमा हुर्केकोले यस ठाउँको माया लाग्ने उल्लेख गर्दै आफ्नो ठाउँको समस्या सामाधानको लागि दिन रात नभनि खटिएर विकासका लागि तप्पर रहने उनले पटक पटक दोहोराईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर