जता पालिका प्रमुख, उतै पक्षधरको वर्चस्व
शुक्रबार, माघ ०२, २०७७ मा प्रकाशित

जिल्लामा रहेका ६ वटा स्थानीय तहको नेकपाको पालिका प्रमुखमा नेतृत्वमा रहेपनि संसद विघटन पछि दुई वटा स्थानीय तह प्रमुखले केपी ओली पक्षधरको नेतृत्व गरेकाले बढैयाताल, बाँसगढी र ठाकुरबाबामा ओली पक्ष बहुमत देखिएको छ भने तीन वटा स्थानीय तह (मधुवन, राजापुर र बारबर्दिया) मा माधव नेपाल – पुष्पकमल दाहाल पक्षमा पालिका प्रमुख देखिएकाले अहिलेलाई बहुमत छ । तर, हालै ओली सरकारले उद्योग वाणिज्य तथा आपूर्ति राज्य मन्त्रीमा विमला बिकलाई नियूक्त गरेपछि, मधुवन, राजापुर, बारबर्दिया ओली पक्ष व्यालेन्स गरिरहेको कार्यकर्ता अनुमान गर्छन् । बरिष्ठ नेता वामदेव गौतम एकताको पक्षमा देखिएकाले जिल्ला तहका नेता पनि नबोलेका कारण माधव नेपाल – पुष्पकमल दाहाल पक्षधर जिल्लामा हाबी देखिएपनि गौतम कित्ता ओलीमा देखियो भने बर्दिया जिल्लामा केपी पक्ष बलियो बन्ने सम्भावना देखिन्छ ।

बर्दिया माघ १-पुस ५ गते संसद विघटन पछि केपी ओली र माधव नेपाल – पुष्पकमल दाहाल पक्षधरले केन्द्र देखि जिल्लामा आफ्नो पकड कायम गर्न निकै जोड बल गरिरहेका छन् ।
ओली पक्षधरले पदको लालशा देखाएका छन् भने माधव नेपाल – पुष्पकमल दाहाल पक्षधरले ओलीको कदमको विरुद्धमा कार्यकर्ता गोलबन्द गर्न खोजी रहेका छन् ।
दुबै पक्षका नेता कार्यकर्ता खुलेर आरोप पत्यारोप उत्रेका छन् । जिल्लाको पार्टी नेतृत्वमा रहेका नेता पर्ख र हेर भन्दै एकताको पक्षमा उभिएका छन् ।

एकताको पक्षमा देखिएकालाई केन्द्र देखि जिल्ला तह सम्म दुबै पक्षमा आ–आफ्नो पोल्टामा पार्न लागिपरेको छरपष्ट देखिएको छ ।
दुबै पक्षधर भेला आयोजना गर्दा आम सर्वसाधरण अलमलमा परेका छन् । यथार्थमा दुबै पक्षधर जिल्लामा रहेका स्थानीय तहमा कमजोर र बलियो देखिनुमा पालिका प्रमुखको महत्व पूर्ण भुमिका देखिएको छ । नेकपाका सचिवालय सदस्य पुर्ण शर्मा, नगर राजापुर कमिटिका सदस्य तथा कार्यालय टिमका सदस्य शिवमणी शर्मा, जिल्ला कमिटि सदस्य तथा युवा तथा खेलकुद बिभिागिय प्रमुख अंगत श्रेष्ठ, जिल्ला सदस्य पहाडी थारु र जिल्ला सदस्य शर्मा चौधरी एकताको पक्षमा उभिएका छन् । तर गौतमको ईशारामा एकताका पक्षमा देखिएका नेता ओली पक्षमा जाने कार्यकताले आकलन गर्छन । जिल्लामा ८ वटा स्थानीय तह छन् । त्यस मध्य नेकपाले ६ पालिका जितेको छ । सरसर्ती हेर्दा पक्षधरको दौडमा पालिका प्रमुख जता उतै वर्चस्व हुँदा शक्तिको दुरुपयोग भएको अनुमान कार्यकर्ताको छ ।
‘पालिका प्रमुख अधिकार सम्पन्न छन्’एक कार्यकर्ताले भने,‘आफनो पोल्टामा पार्न जागिर दिने सहयोग गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रमुखको पक्षमा देखिएका छन् ।’ त्यसको परिमाण दिर्घकालिन रुपमा पर्ने भएकाले अहिलेको जनमतलाई आधार मानेमा गलत सावित हुने उनले बताए ।

जिल्लाका ६ वटा पालिका मध्य मधुवन, बारबर्दिया, राजापुर पुर्व माओवादीले निर्वाचित भएका नगरपालिका हुन् । यस्तै, पुर्व एमालले जितेको बढैयाताल गाउँपालिका, ठाकुरबाबा र बाँसगढी नगरपालिका हो । यस मध्य बढैयाताल लाल बहादुर श्रेष्ठ, बाँसगढीका नगर प्रमुख शालीकराम अधिकारी, र ठाकुरबाबाका घननारायण श्रेष्ठले ओली पक्षधरको नेतृत्व गर्दा तीन वटा पालिकामा एक तिहाई माधव नेपाल – पुष्पकमल दाहाल पक्षधर भन्दा ओली पक्ष अघि देखिन्छ । उक्त क्षेत्र बामदेव गौतमको भएपनि अधिकांश ओलीको पक्षमा देखिएका छन् ।
गौतम निकट कार्यकर्ता मानिएका श्रेष्ठ द्धय, अधिकारी र पत्नि तुलसी थापा, विघटित संसाद श्याम ढकाल ओली पक्षमा देखिएका कारण १ नम्बर निर्वाचन क्षेत्रमा ओली पक्षधर बहुमत छ । यस्तै, मधुवन नगरपालिका नगर प्रमुख कृष्ण केसी, बारबर्दियाका नगर प्रमुख दुर्गा बहादुर थारु र राजापुर नगरपालिका शिव प्रसाद चौधरी माधव नेपाल – पुष्पकमल दाहाल पक्षधरको नेतृत्व गरिरहेकाले पालिकामा माधव नेपाल – पुष्पकमल दाहालको बहुमत देखिएको छ । तर, केपी ओली सरकारले उद्योग वाणिज्य तथा आपूर्ति राज्य मन्त्रीमा विमला विकलाई मनोनिति गरेपछि माधव नेपाल – पुष्पकमल दाहाल पक्षधर बहुमत गरिरहेको पालिकामा पनि ओली पक्षधर मन्त्री विकका कारण माधव नेपाल – पुष्पकमल दाहाल पक्ष अन्तगत्व अल्पमतमा पर्ने कार्यकर्ता अनुमान गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर