केपी ओली बिध्वसकार र धुन्धकारी नेता हुन : नेता नेपाल
सोमबार, माघ ०५, २०७७ मा प्रकाशित

बर्दिया, माघ ५ (फरकसमाचार) / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष तथा पूर्व प्रधान मन्त्री माधवकुमार नेपालले केपी ओली मदन भण्डारी फाउन्डेशन अध्यक्ष जस्तै सानो गुटको नेता भएको दाबी गरेका छन् ।

ओली पार्टी एकिकरण लगायतमा कुनै योगदान नभएकाले ओली सानो गुट उन्मुख भईरहेको उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टीको बृहत कार्यकर्ता तथा प्रशिक्षण कार्यक्रमलाई आइतबार माधवकुमार नेपालले सम्बोधन गर्ने क्रममा बिध्वसकार र धुन्धकारीको केपी ओलीलाई संज्ञा दिए ।

झापा आन्दोलनको स्मरण गर्दे पार्टीमा पंक्तिमा बिभिन्न किसिमका बाध अड्चन गरेर रुवाईरहेको उनको भनाई छ । ‘घरका केटा केटी बिठ्याई गर्दा लुकाएर राखे जस्तै गरी केपी ओलीले गरेका बदमासीलाई जहिल्यै लुकाउँदा ठूलो दुर्घटना गराए’उनले भने ।
यस्तै प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दा देश भित्र र बाहिर कस्तो प्रभाव पार्छ भन्ने विचार नगरी बोल्ने प्रवृतिले आफूहरुलाई शिर निहुर्याएर बस्नुपर्ने अवस्थामा पुर्याएको समेत बताए ।

प्रधानमन्त्री ओलीले जनताका समस्यालाई बेवास्ता गरी देशमा भ्रष्टाचार मौलाउने काममा भूमिका खेलेर लोकतन्त्रको मूल्य मान्यतालाई कुल्चेर चल्ने कुरामा पार्टी भित्रबाट विरोध भएको बताए । जनताको हितमा काम नगर्ने तर भ्रष्टाचारलाई मौलाउने भूमिका खेल्ने प्रवृत्तिलाई सुधार्न पार्टीमा कुरा उठाएको पनि नेपालले बताए ।

ओलीले आफु खुशी काम गरेर, जनताका समस्यालाई बेवास्ता गर्दा सिँगो मुलुक अफ्ठ्यारोमा परेको उनले जिकिर गरे । ओलीको अराजक, निरंकुश कार्यशैलीको विरोध गर्दा संसद बिघटन गरेर कम्यूनिष्ट सक्नका लागि संसद बिघटन गरेको बताए । कार्यक्रममा अध्यक्ष नेपालले पार्टी भित्रको विवादलाई लिएर असंवैधानिक कदम चालेर प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको हत्या गरेको आरोप समेत लगाए ।

प्रजातान्त्रिक प्रवृत्ति नभएको मान्छे भएकाले प्रधानमन्त्री ओलीले आफ्ना विरोधीहरुलाई एकएक गरेर सिध्याउन चाहेको समेत बताए ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपीशर्मा ओलीले चालेको असवैधानिक कदमप्रति सबै जना मिलेर दण्ड सजाय दिनुपर्ने बताए ।
पुष ५ गते संसद विघटन गरेपछि प्रधानमन्त्री विरुद्ध चौतर्फी विरोध भईरहेको छ । देश कुन दिसातर्फ जादैछ कुनै किसिमको चिन्ता नरहेको बताए ।

बृहत कार्यकर्ता तथा प्रशिक्षण कार्यक्रममा नेता वर्षमान पुनले ओली अबैधानिक प्रधानमन्त्री भएको बताए । कार्यक्रमलाई संसोधन गर्ने क्रममा नारायणकाजी श्रेष्ठ, युवराज ज्ञवाली, पूर्ण कुमारी सुवेदी, ओनसरी घर्तीको ओलीले असबैधानिक कदमको चर्को बिरोध गरेका थिए । जिल्ला समन्वय समितिको चौरमा आयोजना गरिएको प्रशिक्षण तथा भेलामा दुई देखि तीन हजारको सहभागिता रहेको थियो । कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थिती थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर