साहब र आसिफलाई समेट्दै नेपालको टोली घोषणा
बुधबार, बैशाख ०१, २०७८ मा प्रकाशित

काठमाडौं, बैशाख १ / युवा स्पिनर साहब अलाम र ओपनर आशिफ शेखलाई समेट्दै नेपाल क्रिकेट संघ (क्यान)ले नेदरल्यान्ड्स र मलेसियासँग खेल्ने त्रिकोणात्मक टि२० आई सिरिजको लागि १५ सदस्य टोली घोषणा गरेको छ ।

घोषणा टोलीमा युवा स्पिनर साहब आलम पहिलो पटक नेपाली सिनियर टोलीमा परेका छन् । आशिफ शेख पनि टि२० आई टोलीमा पहिलो पटक परेका छन् । आशिफले सन् २०१७ मा बंगलादेशमा भएको एसिसी एसिया इमर्जिङ टिम्स एसिया कप खेलेका थिए । त्यस्तै कुशल भुर्तेल पनि पहिलो पटक टि२० आई टोलीमा परेका हुन् । गतवर्ष लिष्ट ए मा भने डेब्यू गरि सकेका छन् ।

त्रभुवन आर्मी क्लबबाट घरेलु क्रिकेट खेल्ने स्पिनर साहब आलमले पछिल्लो चार वर्षमा लगातार एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । नेपालको यू-१९ कप्तानी गरि सकेका आसिफले घरेलु क्रिकेट नेपाल एपिएफबाट खेल्दै उच्च प्रदर्शन गर्दै आएका छन् । माघमा काठमाडौंमा सम्पन्न प्रधानमन्त्री कपमा आसिफले उत्कृष्ट प्रदर्शन गरेका थिए । जुन प्रदर्शनले प्रशिक्षक देभ ह्वाटमोर प्रभावित हुँदै मौका दिएका छन् ।

नेपालले पहिलो खेल नेदरल्यान्ड्सँग वैशाख ४ मा खेल्ने छ । दोस्रो खेल मलेसियासँग वैशाख ६ मा खेल्ने छ । नेपालले तेस्रो खेल नेदरल्यान्ड्सँग वैशाख ७ मा खेल्ने छ । नेपालले आफ्नो सिरिजको लिगको अन्तिम खेल वैशाख ९ गते खेल्ने छ । लिगमा शीर्ष दुईमा रहने सके नेपालले वैशाख ११ गते फाइनल खेल्ने छ ।

नेपालले टियु मैदानमा पछिल्लो समय गतवर्ष माघमा ओमान र अमेरिकासँग आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओडिआई त्रिकोणात्मक सिरिज खेलेको थियो । नेपालले १४ महिनापछि अन्तर्राष्ट्रिय खेल खेल्दै छ । नेपालले पछिल्लो पटक फागुन थाईल्यान्डमा एसिसी इस्टर्न रिजन टि२० एसिया छनोट खेलेको थियो । प्रशिक्षक देभ ह्वाटमोरको प्रशिक्षकमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल समेत खेल्ने छ ।

त्रिकोणात्मक सिरिजको खेल तालिका

वैशाख ४ : नेपालविरुद्ध नेदरल्यान्ड्स

वैशाख ५ : नेदरल्यान्ड्सविरुद्ध मलेसिया

वैशाख ६ : नेपालविरुद्ध मलेसिया

वैशाख ७ : नेपालविरुद्ध नेदरल्यान्ड्स

वैशाख ८ : नेदरल्यान्ड्सविरुद्ध मलेसिया

वैशाख ९ : नेपालविरुद्ध मलेसिया

वैशाख १० : विश्राम

वैशाख ११ : फाइन (लिगपछि शीर्ष दुईटोली)

नेपालको अन्तिम टोली : ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, साहब आलम, कमलसिंह ऐरी, सुशन भारी ।हाम्रोखेलकुदबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय