यति गतेबाट खुल्दै छन् बिद्यालयहरू, एकाबिहानै सरकारले विज्ञप्ति जारी गर्दै निकाल्यो यस्तो सुचना (हेर्नुहोस् विज्ञप्ति)
बुधबार, जेठ २६, २०७८ मा प्रकाशित

 

काठमाडौं ।

वीरगञ्ज महानगरपालिकाले असार १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको छ । विज्ञहरूले कोभिड-१९को तेस्रो लहर आउने र त्यसबाट बालबालिका बढी प्रभावित हुने चेतावनी दिइरहेका बेला महानगरपालिकाले भने यस्तो निर्णय गरेको हो ।

 

बालबालिकाको शैक्षिक क्षतिलाई मध्यनजर गर्दै क्रमिक रूपमा विद्यालय सञ्चालन गर्न भन्दै महानगरले विद्यालयहरूलाई पत्राचारसमेत गरिसकेको छ । सबै सामुदायिक तथा संस्थागत विद्यालयमा असार १ गतेदेखि विद्यालय सञ्चालन गर्न आह्वान गरिएको महानगरका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले जानकारी दिए ।

 

विद्यालयमा भौतिक उपस्थिति गराइ पठनपाठन गराउन अभिभावकहरूबाट लिखित सहमति लिनुपर्ने पत्रमा उल्लेख छ । त्यस्तै स्वास्थ्य सुरक्षाका मापदण्डहरू अनिवार्य पालना गर्न महानगरपालिकाले निर्देशन दिएको छ । वीरगञ्ज महानगरमा निजी र संस्थागत गरी करीव २ सय विद्यालय छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय