अभिनेत्री पायल रोहतगी पक्राउ
शनिबार, असार १२, २०७८ मा प्रकाशित

असार १२ / अक्सर विवादमा रहने बलिउड अभिनेत्री पायल रोहतगी पक्राउ परेकी छन् । अहमदावाद पुलिसले उनलाई शुक्रबार पक्राउ गरेको हो । सोसाइटीका चियर पर्सनसँग विवाद पछि सामाजिक सञ्जालमा अश्लिल शब्दको प्रयोग गरेर पोष्ट गरेको आरोप उनलाई लागेको छ । उक्त पोष्ट उनले पछि डिलिट समेत गर्दिएकी थिइन् । उनलाई सोसाइटीको चियर पर्सनलाई ज्यान मार्ने धम्की दिएको र सोसाइटीका मानिससँग झगडा गरेको आरोप समेत लागेको छ ।

सोसाइटीका चियर पर्सन र त्यहाँका मानिसको उजुरी पछि अहमदावाद स्याटलाइट पुलिसले उनलाई गिरफ्तार गरेको हो । ‘२० जुनमा सोसाइटीमा एक मिटिङ भएको थियो । उनी मिटिङको सदस्य थिइन् । तै पनि उनी मिटिङमा सहभागी भएर बोल्न थालिन् । सोही कारणले चियर पर्सनले उनलाई सम्झाएका थिए । त्यसैमा उनले चियर पर्सनलाई गाली गर्न थालिन्’ उजुरीमा भनिएको छ ।

उनले आफ्नो रिस सोमल मिडियामा समेत उतारैकी थिइन् । जसमा चियर पर्सनको नाम लिएर अश्लील भाषाको पनि प्रयोग गरेकी थिइन् ।  उनले चियर पर्सनलाई सोसाइटीको गुन्डा समेत बताएकी थिइन् । तर केही कमेन्ट आएपछि उनले सबै पोष्ट डिलिट गरेकी थिइन् ।

सोसाइटीका एक सदस्य तथा पेशाले डाक्टर जयशले पायलको क्रियाकलाप सभ्य नभएको, सानोसानो कुरामा अरुसँग झगडा गर्ने, सोसाइटीका बच्चालाई खुट्टा भाच्ने धक्की दिने समेत गरेको बताएका छन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय