बन्यजन्तुका खाग खरिद बिक्री गर्ने कसुरदार १४ वर्षपछि पक्राउ
सोमबार, भदौ १४, २०७८ मा प्रकाशित

बर्दिया, भदौ १४ (फरकसमाचार) / संरक्षित बन्यजन्तु गैंडा मारी खाग खरिद बिक्री गर्ने कसुरदार १४ वर्षपछि पक्राउ परेका छन् ।

राजापुर नगरपालिका–१ बस्ने रामफल सोनाहा पक्राउ परेका हुन् । ०६५ सालमा सोनाहाले गैंडा मारी खाग खरिद बिक्री गरेका थिए । सो कसुरमा सोनाहालाई ६ वर्ष कैद र रु १ लाख जरिवाना तोकेको निकुञ्जले जनाएको छ ।

कैद र जरिवाना तोकेको दिन देखि सोनाहा फरार रहेको थिए । शनिबार बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले सोनाहालाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय