आजदेखि कक्षा १२ को परीक्षा
बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित

काठमाडौं, भदौ ३० / आजदेखि कक्षा १२ को परीक्षा सुरू हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा बुधबारदेखि सुरू गर्न लागेको हो। परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ।

कोरोनाभाइरस महामारीका कारण यसअगाडि पटकपटक परीक्षा स्थगित भएको थियो। अधिकांश विद्यार्थीहरूले कोरोनाविरूद्ध खोप लगाएपछि परीक्षक सुरू हुन लागेको छ। प्रवेश पत्रका आधारमा सरकारले विद्यार्थीलाई कोरोना खोप लगाएको थियो।

परीक्षा असोज ८ गते सकिनेछ। बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अधिकांश विद्यार्थीले कोरोनाविरूद्ध खोप लगाइसकेको पाइएको बताए।

यसपालि कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुनेछन्। विद्यार्थीले पढेकै विद्यालयबाट परीक्षा दिन पाउँछन्। परीक्षाका लागि देशभर गरी तीन सय १५ केन्द्र तोकिएका छन्।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय