असोज १९ / प्रधानन्यायाधीश " />
प्रधानन्यायाधीशले बोलाए सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठक
मङ्गलबार, असोज १९, २०७८ मा प्रकाशित

काठमाडौं, असोज १९ / प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बोलाएका छन् । बैठक मध्यान्ह २ बजेदेखि सुरु हुनेछ ।  पूर्ण बैठक (फूलकोर्ट)मा दसैं बिदाको अवधिमा मुद्दा सुनुवाई गर्ने न्यायाधीशहरु तोक्ने एजेन्डामा छलफल हुने सर्वोच्च अदालतका प्रवक्ता (सह रजिष्टार) बाबुराम दाहालले बताए ।

घटनास्थापनादेखि नै सर्वोच्च अदालतमा बिदा हुन्छ । तर, बन्दीप्रत्यक्षीकरण लगायतका मुद्दामा सुनुवाई रोकिँदैन । बिदामा त्यस्ता मुद्दामा सुनुवाई गर्ने न्यायाधीशहरुको नाम तय गर्न फूलकोर्टको बैठक राखिएको दाहालले जानकारी दिए ।  यसबाहेक प्रधानन्यायाधीशको विषयमा उठेका सवालहरूबारे पनि छलफल हुनसक्ने बताइएको छ । रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय