सशस्त्र प्रहरीद्वारा ८३ हजार बराबरको अबैध काठ बरामद
बिहिबार, कार्तिक ०४, २०७८ मा प्रकाशित

बर्दिया, कात्तिक ४ (फरकसमाचार) / अबैध रुपमा ल्याउदै गरेको ८३ हजार बराबरको काठ सशस्त्र प्रहरीले बिहीबार बरामद गरेको छ । लुकाई छिपाई अबैध रुपमा काठको तस्करी गर्दै गरेको अवस्थामा सशस्त्र प्रहरीले काठ बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेड क्वाटरको मातहतबाट खटिएका प्रहरी टोलीले सिमाको निगरानी गर्ने क्रममा ४१.५१ क्युफिट मुल्य रु ८३ हजार बराबरको अबैध काठ बरामद गरेको छ ।

बरामद काठ खाता सव डिभिजन बन कार्यालय सानोश्रीमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय