बर्दियामा थप ४ जनामा संक्रमण पुष्टि, १० जना संक्रमण मुक्त
शुक्रबार, कार्तिक २६, २०७८ मा प्रकाशित

बर्दिया, कात्तिक २६ (फरकसमाचार) / जिल्लामा थप ४ जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ । २ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ७ हजार ४ सय ९३ पुगेको छ । त्यसैगरी शुक्रबार १० जना संक्रमणमुक्त भएका छन् । संक्रमण मुक्त हुनेको संख्या ७ हजार २ सय २६ पुगेको छ । ५० जनामा भाइरस सक्रिय रहेको छ ।

सक्रिय संक्रमित मध्ये ४२ जना होम आईसोलेसनमा र ८ जना अस्पतालमा उपचाररत छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय १७ पुगेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय