अबैध रुपमा ल्याउदै गरेको काठसहित अन्य सामान बरामद
मङ्गलबार, कार्तिक ३०, २०७८ मा प्रकाशित

बर्दिया,कात्तिक ३० (फरकसमाचार)/भारतबाट भन्सार छली अबैध रुपमा ल्याउँदै गरेको भैसी, खुर्सानी र काठ सशस्त्र प्रहरीले मंगलबार बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दियाको मातहत बिओपीबाट खटिएका सशस्त्र प्रहरी टोलीले जिल्लाको विभिन्न नाकाबाट अबैध रुपमा ल्याउदै गरेको अवस्थामा बरामद गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार मुल्य रु २ लाख ७५ हजार बराबरको पाडा सहितको भैसी दुई वटा, आलु, हरियो खुर्सानी र १५ क्युफिट काठ बरामद भएको छ ।

अबैध रुपमा ल्याउदै गरेको अवस्थामा बरामद गरि कारवाहीको लागि सम्बन्धित कार्यालमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर