गुलरियामा शिक्षक पेशागत सहयोग अन्र्तगत शिक्षक शिकाई सुरु
शनिबार, मङि्सर ११, २०७८ मा प्रकाशित

बर्दिया, मंसिर ११ (फरकसमाचार) / शिक्षक पेशागत सहयोग अन्र्तगत शिक्षक शिकाई समूहको पहिलो र दोस्रो कलस्टर तहको बैठक भएको छ । गुलरिया नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा बैठक मंगलबार र बुधबार भएको हो । बैठकमा गुलरिया नगरपालिका अन्र्तगतका ४७ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा ईन्चार्जहरुको सहभागिता रहेको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख सतिस यादवले बताए ।

जिल्लाको आठ वटै स्थानीय तह मध्ये शिक्षक पेशागत सहयोग अन्तरगत शिक्षक शिकाई कार्यक्रम गुलरिया नगरपालिकाले पहिलो पटक सुरु गरेको छ । गुलरिया नगरपालिकाले शैक्षिक क्षेत्रमा सुधार गरी गुणस्तरीय र प्रभावकारी शिक्षा दिने उदेश्यले शिक्षक पेशागत सहयोग अन्तरगत शिक्षक शिकाई कार्यक्रम सुरु गरेको छ । पहिलो र दोस्रो कलस्टर तहको बैठकले विद्यालय तहको कक्षा १ देखि ३ सम्मका विद्यार्थीको पठन पाठनमा सुधार पु¥याउन मद्दत पुग्ने शाखा प्रमुख यादवले विश्वास दिलाए ।

प्रधानाध्यापक र ईन्चार्जले नियमित कक्षा अवलोकन गरी मानसिक रुपमा गुलरिया नगरपालिकाको शिक्षा शाखालाई प्रतिवेदन बुझाउने छन् । प्रतिवेदनमा शिक्षण सिकाईमा देखिएका सुधार, चुनौती तथा समस्याको बारेमा आगामी बैठकमा छलफल गर्ने शाखा प्रमुख यादवले बताए । गुलरिया नगरपालिकाको शिक्षा पाश्वचित्र तथा नगर शिक्षा योजना निर्माणको कार्य अन्तिम चरणमा रहेको र स्थानीय पाठ्यक्रम निर्माणको लागि समिति गठन भई निर्माणको कार्य अघि बढेको समेत शाखा प्रमुख यादवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय