उद्यमी पन्थसँगको भेटमा बिद्यार्थी खुसी देखिए
बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया,मंसिर २२

मानिस धनले ठूलो हुने होइन । काम, ईमान्दारिता र लगनशिलता सफलताको कडि हो । जसले मानिसलाई सफलता तर्फ डोराउँछ । तिन हरफ नमुना माबिमा प्राबिधिक शिक्षामा अध्ययनरत बिद्यार्थीका अघि स्थानीय तथा सफल उद्यमी सुरेश पन्थले भनिरहँदा एक ट्वाकले सुनिरहेको बिद्यार्थी अचम्भित भए । बिद्यार्थी जोशिए र अनुहारमा सफलता नजिक पुगेका झल्को आयो । जहाँ काम प्रति लगाव । त्यहाँ सफलता पन्थले दोहोराउँदा तालीको गडगहाटले उद्यमीसँग भेटमा बिद्यार्थी खुसी देखिए । यस्तै अनुभव साट्दै पन्थले एक घन्टा बिताए ।

मधुवन नगरपालिका–४ मा रहेको श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयले मंगलबार प्राविधिक तर्फ अध्ययन गरिरहेका विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको छ । प्राविधिक अध्ययन गर्दै गरेका विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको हो । मधुवन नगरपालिका–४का निवासी सफल उद्यमी, समाजसेवी सुरेश पन्थले आफ्नो अनुभव सुनाएर विद्यार्थीहरुको मनोबल पढाएका थिए ।

विद्यार्थीहरुलाई पढाउदै कामको अभ्यास गराउन जोड दिएको बिद्यालयमा स्वरोजगारका विषयमा पन्थले बिद्यार्थीसँग अन्तरक्रिया गरेका थिए । पन्थ आधारभुत अध्यापन गरेका बिद्यालयका बिद्यार्थीसँग एक घन्टा अनुभव साटे । ‘म यस बिद्यालयमा पढेको बिद्यार्थी हु’ उनले भने, ‘मलाई यो बिद्यालयको माया छ, यस बिद्यालयमा अध्ययनरत बिद्यार्थी सफल हुन भन्ने मेरो चाहना हो ।

’ पन्थले बर्दियामा कृषि क्षेत्रमा ठूलो लगानी भित्राएका छन् । उनी हाईड्रो व्यबसायी हुन् । गुलरिया र मुधवनमा करिब ३० बिगहा बढिमा आधुनिक कृषि प्रणालीमा आधारित भएर कृषिमा लगानी गरेका छन् । प्राबिधिक ज्ञान पाएका बिद्यार्थीलाई स्वरोजगार बनाउँने उदेश्यले कृषि लगानी गरेको पन्थले सुनाए । ‘मैले कृषि क्षेत्रमा ठूलो लगानी गरेको छु’ उनले भने, ‘यो मेरो लगानी कमाउ धन्धाको लागी मात्र होईन, यसले युवालाई स्वरोजगार उन्मुख बनाउँनु पनि हो ।’

उनी भेरी ईनर्जी कम्पनीका अध्यक्ष भूमिकामा छन् । राजनितिक बृतमा समेत पहँुच बनाएका आफु पढेको बिद्यालयलाई नमुनाको रुपमा विकास गर्न पन्थको योगदान रहेको छ । विद्यालयमा प्राविधिक तर्फ डिप्लोमा (तिन वर्षे) सिभिल र इलेक्ट्रिकल कार्यक्रम संचालन भईरहेको प्रधानाध्यापक पुर्ण चन्द्र पोखरेलले बताए ।

कार्यक्रममा मधुवनका नगर प्रमुख कृष्ण केसीले बिद्यार्थीसँगको अन्तरक्रियामा भबिष्यमा शिक्षा प्रणालीमा सुधार ल्याउँने नगरको योगदान रहने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालयमा ०७३ सालबाट सिटिईभिटिद्वारा सम्बन्धन प्राप्त गरि प्राविधिक तर्फ सिभिल डिप्लोमा र इलेक्ट्रिकल १८ महिने कक्षा संचालन भईरहेको छ । ०७४ सालमा नेपाल सरकारबाट नमुना उन्मुख विद्यालय र ०७८ सालमा प्रदेश सरकारद्वारा बर्दियाकै उत्कृष्ट विद्यालय घोषणा भएको छ । यस विद्यालय प्रति देशका दुर्गम जिल्लाबाट विद्यार्थीको आकर्षण बढ्दै गएको छ । जनकपुर, कालीकोट, दैलेख, कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट आएर यस विद्यालयमा विद्यार्थी अध्ययन गरिरहेका छन् । टाडाबाट अध्ययन गर्न आएका विद्यार्थीहरुका लागि बस्ने छात्रावासको व्यवस्था रहेको छ । छात्रा र छात्रहरु बस्ने अलग अलग सुविधा सम्पन्न छात्रावासको व्यवस्था छ । जसले गर्दा नमुना मावि प्रति बाहिरी जिल्लाबाट विद्यार्थीहरुको आकर्षण बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय