कार्यालयमा कलम चलाउनेलाई हैन जनताको दुःख पीडामा मलम लगाउने समाजसेवीलाई भोट हालौं !
आइतबार, फागुन २९, २०७८ मा प्रकाशित

हरेक पाँच पाँच वर्षमा निर्वाचन आयोग नेपालले निर्वाचन गर्ने गरेको पाईन्छ । निर्वाचन आयोगले चुनावको मिती घोषणा गरे पछी विभिन्न राजनीति दलहरूले पनि आ–आफ्नो पार्टीको घोषणापत्र जारि गर्ने गर्छन् । चुनाव आउनु भन्दा अगाडी जनताहरूलाई ललाई फकाई घुस जस्ता विभिन्न प्रलोभन देखाई आफुलाई भोट दिन भनी धेरै ठाउँमा  ठुला ठुला आमसभा, सभा सम्मेलन बैठक तथा विभिन्न कार्यक्रम गर्ने गरेको पाईन्छ । आफ्नो घोषणापत्रमा हामी यो गाउँमा विजुली बत्ति ल्याई दिन्छौ ?

सडक बाटो पुगाई दिन्छौ ? खानेपानीको ब्यवस्था मिलाई दिन्छौ ? यो गाउँलाई हामी सिङ्गापुर जस्तो बनाई दिन्छौ ? यो सडकलाई हाम्रो पार्टीले पक्की पिच बनाई दिन्छौ ? यो गाउँ लाई हामी शैक्षिक सुधार केन्द्र बनाई दिन्छौ ? प्रत्केक गल्ली गल्ली पिच बनाई दिन्छौ ? हामीलाई भोट दिए हामी यस ठाउँका सबै बृद्धअवस्थाका मान्छेहरू दोब्बर बृद्धभत्ता बनाई दिन्छौ ? एक घर एक रोजगारी ो ब्यवस्था मिलाई दिन्छौ ? गाउँ गाउँमा कुखुरा फार्म, बंगुर पालन फार्म, भैंसी पालन फार्म गाई पालन फार्म, घरको छाना फेरि दिने जस्ता विभिन्न  किसिमका प्रलोभन देखाई ललाई फकाई आफ्नो पोलेटोमा भोट लिएर आफू कुर्सीमा बसे पछि जनताको गुनासो, चासो केही पनि न सुन्ने नेताहरूको विगविग कम छैन आजकाल ?

जब कुनै पनि पार्टीका नेताहरूले आफ्नो पार्टीको नाममा भोट माग्न आएपछि आफुले घोषणापत्रमा उल्लेख गरेका काम कार्यहरू नितिनियमहरू पालना गरेका छौ कि छैनौ भन्ने आफूल आफुलाई एक पटक समिक्षा गर्न जरूरत छ । जब चुनाव आउँदा आफुले के भनेर जनतालाई भोट दिन भनेका थियौ यो कुरा जान्न जरूरत रहेको छ  । चुनाव आउँदा आफुले घाँटी फुकाई फुटाई माईक थर्किने गरि बोलेका मिठा मिठा चिल्ला गफहरूलाई आफुले कसरी समाधान गर्ने भन्ने कुरामा ध्यानाकर्षण गराउनु पर्छ । गाउँमा विजिलु बत्ती ल्याउछु भन्छन तर पाँच वर्ष पछी तेस गाउँमा लगायका विजुलिका पोलहरू पनि पत्तासाफ भएका छन् ।

गाउँमा खानेपानी ल्याउछु भन्नेहरू पाँच वर्ष पछि  खानेपानी त के पानी आउने पाईपहरू पनि कतै पनि देख्न पाईदैन ? गाउँ गाउँमा गल्ली गल्लीमा सडक पुगाउछु भन्नेहरू गाउँमा अबैज्ञानीक कच्ची सडक बनाएर वर्षाको पानीले झन गाउँनै पुरै बाढिले बगाएको खबर समाजिक सञ्चाल रेडियो टेलिभिजन युटुब मार्फत न सुनेका न देखेका सायद विरलै होलान् । गाउँमा शहर विभिन्न शैक्षिक सुधारका कार्यक्रम ल्याउछु भन्नेहरू पनि ती नीति नियम कार्य योजनाहरू कता पत्तासाफ हुन्छन भन्ने पनि थाहा हुदैन ।

प्रत्येक गल्ती सडक राजमार्ग पक्की पिच गर्छु भन्नेहरू पनि पाँच वर्ष पछि पिच त के भयका सडकको स्वरूप नै बदलि भैंसी बस्ने तालहरू बनी  सकेका हुन्छन् । चुनाव आऊनु भन्दा अगाडि घर को छानामा टिनको पाता लगाई दिन्छु भन्नेहरू नक्कली पाता लगाई चैत्रमासको हावाहुरीले उडायर घरको मुनि बजारियको हामिले देखेकै छौ ।

गाउँमा शहरमा उपमहानगरपालिका महानगरपालिकामा धरै भन्दा धेरै केन्द्र सरकार, प्रदेश सरकार स्थानीय सकारकारले विभिन्न नीति तथा योजनामा बजेट दिने गर्छ तर ती बजेट कहाँबाट आए र कहाँ जान्छन कसैलाई पनि सुनुवाइ हुदैन न योजनाको काम अगाडि बढ्छ भयको काम पनि भताभुङग भयर जान्छ र विना काम मा नक्कली कागजपत्र बनाई बजेटको पैसा गाउँका शहरका नाईके ठेकेदारहरूलाई ठिक हुनु गर्दछ । त्यसको न कुनै निरिक्षण हुन्छ न कुनै अनुगमन नै हुन्छ । यस्तो हचुवाको घरमा गाउँ शहर प्रदेश समग्र नेपाल सुखि नेपालको नारा लगाउनु र भैंसी को अगाडि ढोल बनाउनु उस्लै ऊस्तै लाग्छ ।

अब आऊदै गरेको चुनावमा सबै भन्दा बढि होसियार हामी आम नेपाली नागरिक हुनु जरूरत रहेको छ । किने भने हामिले चुन्ने नेता कस्तो खाले हो, उस्ले विगतमा के कस्तो काम गरेका छन् । समाजको हक हितका लागि कति समाजसेवीका गरे त्यसको मृल्याङकन गर्ने पालो अब हामी सम्पुर्ण नेपाली नागरिकहरूको काँधमा आएको छ ।  विगतको घोषणापत्र हातमा समाई जनप्रतिनिधिको अगाडि खुलेर बोल्न पाईने अधिकार हामी नेपाली नागरिकहरू को छ । सिदै भन्न सकिन्छ, तपाईले किन यी काम कार्य कसरी गर्नु भयो त्यसको जवाफ हामिले माग्न जरुरत रहेको छ । अब आऊने चुनावमा कुन पार्टी लाई हैन, जुन मान्छेले राम्रोसंग काम गर्छ उसै लाई भोट दिनु पर्छ ।

चुनाव आऊदा भोट र नोटको पछाडि न लागी एक बोतल सक्सी मासुभात मा न विकौ हामी विना घुस रहित सञ्चा ईमानदारि कर्मठ काम गर्ने जनप्रतिनिधि लाई भोट दिन जागरुक हभोट हाल्ने नेता कस्तो खाले हुन तीन लाई  राम्रोसँग चिन्नु पर्छ ।  देशको हकहितको लागि काम गर्ने मान्छे नेताहरू चुन्नु पर्छ ।  जब जनताहरूलाई दुःख आपत विपत पर्छ त्यो बेला जनताहरूको मुटुमा मलम लगाउनेहरू लाई भोट दिनु पर्छ । हामीलाई थाहा छ विश्व फैलिएको महामारी कोरोनाले हामिलाई सताई रहेको बेला कुन कुन पार्टीकाले कतिको सहयोग गरेका थिय ? त्यो हामिले समिक्षा गर्न जरूरत छ हाम्रो जनप्रतिनिधिहरूले कतिकोको जनहितका लागि काम गरेत, खाएका बाँचाकसम पूरा गरेका छन त भन्ने कुरा हामी राम्रोसँग थाहा पाएका छौ । वर्षाको बाढीले धेरैको अन्नबालि बगाएको थियोे त्यस समयमा प्रदेश, स्थानीय केन्द्र सरकारले विभिन्न राहतका कार्यक्रम ल्याएका थिय । त्यस योजनाको राम्रोसँग कार्यान्वयन भए नभएको हामिले राम्रो बुझन जरुरी रहेको छ ।

यश पाँच वर्षको अवधिमा जनप्रतिनिधिहरूले धेरै राम्रो काम गरेका पनि पाईछन्, किने भने पहिला जिल्लाबाट हुने काम आज स्थानीयपालिकाबाट सेवा सुविधा पाएका छौ  । पहिला को भन्दा अहिले धेरै काम कार्यहरू सबै अनलाइन सेवा भएकाले गर्दा राजधानीबाट पाउने सुविधा हामी प्रदेशबाट पाईरहेका छौ । विभिन्न राजमार्गहरू, सडक पुलहरू पिचबाटो वडा कार्यालयको भवन निर्माण प्रदेश स्थानीय तहको आफ्नै कार्यभवन निर्माण भएका छन् । यसो हेर्दा धेरै राम्रो काम पनि भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय