काठमाडौं, फागुन " />

औषधिले मात्र हुदैन, खानपिन र व्यायाम पनि चाहिन्छ
सोमबार, फागुन १२, २०७६ मा प्रकाशित

काठमाडौं, फागुन १२ : शैली थिएटर र नेपाल चलचित्र कलाकार संघको सहकार्यमा थिएटर रातोपुलमा स्वास्थ्य सग संम्बन्धित अन्तरक्रिया कार्यक्रम भएकाे छ।

बेलायतमा अध्ययन गरी नेपाल फर्केका स्वास्थ्यविद डा शिशिरजंग राणाले आफ्नो अनुभव सुनाए । उनले आफ्नो घरबाट नै बाहिर सिकेको कुरा लागु गरेको जानकारी दिए । राणा भन्छन, ‘हाम्रो शरीरको संरचना यसरि बनेको छ कि समस्या आएमा आफै सुधार गर्दै लैजान्छ । त्यसको लागि हामीले शरीरलाई समय दिनुपर्छ ।’

आफुले औषधि खादा सन्चो भएको र काह रोके पछी फेरी समस्या भएको दर्शकले बताए । दर्शकको जवाफमा उनले भने, ‘औषधिले पुरै सन्चो गर्ने होइन, यसले हानि रोक्ने वा बढ्न नदिने हो । निर्मुल पार्न हामीले आफ्नो खानपिन र व्यायाममा ध्यान दिनुपर्छ ।

गायिका मिरा राणाका छोरा शिशिर जंग राणा । उनि फिटनेस, सन्तुलित खाना, जिम लगायत स्वास्थ्य सग सम्न्धित काम गरिरहेका छन ।  नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले विदेशमा सिकेको शिप शैली, ज्ञानलाई नेपालमा उपयोग गरेको प्रशंसा गरे ।

सोहि कार्यक्रममा दिबंगत नायिका महिमा सिलवाल र उनकी बैनी शर्मिला सिलवालको १२औं दिनको पुन्यतिथिमा भावपूर्ण स्रंदन्जली कार्यक्रम पनि भयो ।

नेपाल चलचित्र कलाकार संघसग को पहिलो सहकार्य बाट उत्साहित शैली थिएटरले आगामी िदनमा पुन सहकार्य गरिरहने जानकारी दियो । शैली थिएटर ब्यबस्थापक सुबास सुबेदी, ‘संघका बरिष्ठ उपाध्यक्ष सानु ताम्राकारको योजना र सोच अनुसार यो सहकार्यको सुरुवात भएको छ । अगामी दिनमा पनि सहकार्य गरिरहने छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय