अन्तरघातीलाई एमालेले धमाधम कारवाही गर्दै
बुधबार, जेठ ११, २०७९ मा प्रकाशित

नगर कमिटी इन्चार्जसहित १८ जनालाई कारवाही

बर्दिया, जेठ ११ (फरकसमाचार) / एमाले जिल्ला कमिटी बर्दियाले स्थानिय तहको चुनाबमा पार्टीलाई अन्तरघात गरेको आरोपमा आफ्नै पार्टीका कार्यकर्तालाई पार्टीबाट निष्काशन, निलम्बन र स्पष्टीकरण सोध्दै धमाधम कारवाही गर्न सुरु गरेको छ । सोमबार विज्ञप्ती जारी गर्दै गुलरिया र बारबर्दिया नगरपालिकाका नगर कमिटी इन्चार्जसहित १८ जनालाई कारबाही गरेको हो ।

एमाले जिल्ला कमिटीले गुलरियाका १४ जना र बारबर्दियाका ४ जनालाई कारवाही गरेको छ । बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका आधिकारीक उम्मेदवारको विरुद्धमा मतदाता समक्ष भ्रम सिर्जना गरी प्रचार गरेको आरोपमा कारवाही गरको जारी विज्ञप्तीमा उल्लेख छ । आफ्नो पार्टीका उम्मेदवारलाई हराउन र विपक्षी पार्टीका उम्मेदवारलाई जिताउँन प्रचार गरी पार्टीको गरिमामा आँच पु¥याएकोेले नेकपा एमालेको विधान–२०४९ अनुसार कारवाही गरेको विज्ञप्तीमा खुलाईएको छ । अनुशासन विपरीत काम गरेका १८ जनालाई स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने वा पार्टीको साधारण सदस्यसम्म नरहने गरी कारवाही गरेको विज्ञप्ती मार्फत जनाईएको छ ।

एमाले जिल्ला कमिटी बर्दियाले गुलरिया नगरपालिका–७ का धनेश कुमार यादवलाई नगर कमिटी इन्चार्ज पदबाट हटाई निलम्बन गरेको छ । नगर कमिटीका सह–इन्चार्ज गुलरिया नगरपालिका–४ का राम बहादुर रावललाई पार्टीको साधारण सदस्य नरहने गरी निष्काशन गरेको छ । जिल्ला कमिटी सदस्य गुलरिया नगरपालिका–५ का नगेन्द्र रिमाललाई विभागीय जिम्मेवारीबाट हटाई स्पष्टीकरण सोध्ने भएको छ । जिल्ला कमिटी सदस्य गुलरिया नगरपालिका–४ का प्रकाश पौडललाई सदस्यबाट हटाई पार्टीबाट निलम्बन गरेको छ ।

जिल्ला कमिटी सदस्य गुलरिया नगरपालिका–५ की पुनकला श्रीवास्तवलाई विभागीय जिम्मेवारीबाट हटाई स्पष्टीकरण सोध्ने कारवाही छ । जिल्ला सल्लाहाकार शंकर घिमिरे र रामसुमिरन यादवलाई पदबाट मुक्त गरी स्पष्टीकरण सोध्ने र जगदिश यादवलाई पार्टीबाट निलम्बन गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । गुलरिय वडा नम्बर १२ का सचिव बिष्णु बहादुर बुढाक्षेत्री र वडा नम्बर ९ का सचिव बेचन यादवलाई पदबाट हटाई निलम्बन गरिएको छ । भुपेन्द्र विसी र गंगाराम खत्रीलाई जिम्मेवारीबाट हटाई निलम्बन गरिएको छ । त्यसैगरी दिपक विसी र यामकुमारी सापकोटाको संगठीत सदस्यता खारेज गरी पार्टीबाटै निष्काशन गरिएको छ ।

बारबर्दियाकी नगर उपसचिव पुष्पा वलीलाई साधारण सदस्य नरहने गरी एमाले जिल्ला कमिटीले पार्टीबाट निष्काशन गरेको छ । बारबर्दियाका जिल्ला कमिटी सदस्य हिरा बहादुर बिसी, जीवन पन्थी र प्रणय वलीलाई साधारण सदस्य नरहने गरी पार्टीबाट निष्काशन गरेको विज्ञप्ती जारी गर्दै जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर