बचत, सुरक्षा र लगानिको मुल आधार “जीबन बीमा”
बिहिबार, मङि्सर २९, २०७९ मा प्रकाशित

सामान्य भाषामा जीबन बीमा भनेको भबिष्यको जोखिमलाई न्यूनिकरण गर्ने माध्ययम हो । मानव जिबनमा अनेकन किसिमका विपत्ति वा जोखिमका सम्भावनाहरु हुन्छन् ति विपत्ति वा जोखिमहरुलाई हस्तान्तरण गरि क्षतिपुर्ति प्राप्त गर्ने माध्यमको रुपमा बिमालाई लिन सकिन्छ । बिमालाई व्यक्तिगत जोखिम, पारिवारिक दायित्वसंग सम्बन्धित जोखिम साथै व्यवसायिक दायित्व वा लगानिसंग सम्बन्धित जोखिमको बिषयको रुपमा लिईन्छ ।

बिमा ऐन २०४९ बमोजिम “कुनै व्यक्तिको जीवन सम्बन्धमा निजको आयको आधारमा किस्ताबन्दी रकम तिरेमा निजले वा निजको मृत्यु भएको अवस्थामा निजको हकवालाले कुल खास रकम पाउने गरि गरिने करार सम्बन्धि व्यवशाय सम्झनुपर्दछ ।” भनेर व्याख्या गरेको छ ।

बिशेष गरि जीवन बीमाको कुरा गर्दा जीबन बीमालाई जोखिम हस्तान्तरण गर्ने प्रक्रिया, आर्थिक तथा पारिवारिक सुरक्षा गर्ने प्रविधि, बचत गर्ने सर्वोत्तम उपाय, बुढेसकालको लागि सहारा, एकमुष्ठ रकम निर्माण गर्ने आधार, बालबच्चाहरुको भविष्यको लागि गरिने सर्वोत्कृष्ठ कार्य, सामाजिक सुरक्षामुखि व्यवशाय, ऋणभारबाट मुक्ति पाउने उपाय तथा करयोग्य आयमा समायोजन गर्नका निम्ति लिने गरिन्छ ।

जीवन बीमा किन गर्ने त ? योे संगै थुप्रै प्रश्नहरु छन् जसले जीवन बीमाको महत्व र आवश्यकता महसुस गराउदछ । हामी सबैलाई थाहा छ, हामी एक दिन यो संसार छाड्छौ, तर कहिले र कसरी हामीलाई थाहा छ र ? हामी भोलिको दिनमा बुढाबुढी पनि हुन्छौ, बुढेसकालमा दुख पाइन्छ या सुख के थाहा ? हामी बाँचुञ्जेल हाम्रा बुवा आमा तथा बाल बच्चाहरुको हामी हेरचाह गर्छौ तर हामी नभए कसले हेरचाह गर्छ ? साथै हामीलाई हाम्रा सन्तानहरुको भविष्य राम्रो बनाउन मन लाग्दैन र ? आम्दानीको स्रोत बन्द भएमा के गर्ने ? दुर्घटनाबाट अंगभंग भएमा आफ्नो र परिवारको रेखदेख कसले गर्ने र वृद्ध अवस्थामा आवश्यक खर्चको जोहो कसरी गर्ने ? के यि तमाम प्रश्नहरुको जवाफमा जीवन बीमा नै उत्तम बिकल्प होईन र ?

साधारण तरिकाले हेर्दा जीबन वीमालाई बचत र सुरक्षाको दृष्टिकोणले हेर्ने गरिन्छ । अधिकांश नेपालीको बचत गर्ने बानि छैन र आज जे छ त्यसैमा रमाउने गर्दछन् । आजभोलि मानिसका आधारभुत आवश्यकता भन्दा पनि विलासि आवश्यकता बढ्न थालेका छन् अधिकांश व्यक्तिले विलासि आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेको पाईन्छ । यदि आजको दिनमा बचतको सुरुवात गरिएन भने भोलि मेरो सन्तानलाई उच्च शिक्षा पढाउनको लागि, उनिहरुको बिहेका निम्ति, परिवारमा आउने स्वास्थ्य समस्या निम्ति चाहे त्यो मृत्यु सस्कारनै किन नहोस हरेक क्रियाकलापमा अत्याधिक खर्च आवश्यकता पर्दछ । ति क्रियाकलापलाई जसरि पनि सम्पन्न गर्नुपर्ने छ, त्यस्तो अवस्थामा ऋण खोज्ने बाहेक अर्को कुनै बिकल्पनै हुदैन ।

जब कुनै परिवारले ऋण लिन्छ तब त्यो परिवार गरिबिको दुश्चक्र फस्न सुरु गर्दछ । हरेक सफल व्यक्तिलाई हेर्ने हो भने उनिहरु बचत गरेरनै सफल भएका छन् । अनावश्यक फजुल खर्च गर्ने व्यक्ति जहिले समस्यामा परेको देखिन्छ ।

जीबन वीमालाई बाध्यकारी बचत गर्नुपर्ने माध्ययमको रुपमा पनि लिन सकिन्छ । यसमा बैंकबाट जस्तो सजिलो तरिकाले रकम निकाल्ल र प्रयोग गर्न सकिदैन । यसमा कम्तिमा तिन बर्ष अगाडि ऋण वा बिमानै सर्मपण गरेर निकाल्न सकिदैन, यस्तो खालको बाध्यकारी व्यवस्थाको कारणले पनि बिमितको रकम निश्चित समय सम्मको लागि बचत हुने देखिन्छ । बास्तवमा कुनैपनि व्यक्ति एक्लै जिउन पर्ने हो भने हामिले आजको दिनमा गरेको संघर्ष जरुरी थिएन तर हाम्रो पछाडी आफ्नो मात्र नभई परिवार प्रतिको दायित्व पनि जोडिएको छ । हामि रहदा सम्म हाम्रो परिवारमा पर्ने आर्थिक समस्याको व्यवस्थापन हामि गर्छौ तर भोलिको दिनमा हामि रहेनौ भने त्यो दायित्व कसले लिने, त्यसका लागि हाम्रो अनुपस्थितिमा पर्न सक्ने आर्थिक समस्याको व्यवस्थापन जीबन वीमाले गर्ने गर्दछ ।

हामि कामको शिलशिलामा केहि दिनको लागि घर छोडेर बाहीर जाँदा त परिवारलाई कुनै समस्या पर्ला भनेर आर्थिक व्यवस्थापन गर्छौ भने हामि घर फर्केरै नआउने सम्भावना पनि छ त्यसैले पनि त्यस्तो अवस्थाको आँकलन गरेर जीबन बीमा गराउन जरुरी छ । म मेरो परिवारलाई निकै माया गर्छु तर त्यो माया म रहुन्जेलको लागि मात्र सिमित हुनुभएन, माया त्यो हो कुनै कारणवस म रहिन भने पनि मेरो परिवारको आँखामा आशु आउन भएन, उनिहरुलाई म नहुदा पनि आर्थिक समस्याले छुन नसकोस, त्यो बास्तविक माया हो ।

जीवन बीमा अनिवार्य बचत हो र संभावित जोखिमको सुरक्षा पनि हो । जीवन बीमा म जिबित रहेको खण्डमा मेरो लागि हो, कारणबस म रहेन भने उक्त बीमा मेरो परिवारको लागि हो । बास्तवमा जीबन बीमा जीबनको क्षतिको लागि होईन, यो त आम्दानिको क्षतिको लगि हो । बचत, सुरक्षा र लगानिको बलियो आधारनै जीबन बीमा हो, त्यसैले सम्भावित जोखिमहरुलाई मध्यनजर गर्दै जीबन बीमा अनिवार्य छ ।(लेखक सुबेदी महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड, गुलरिया बर्दियामा शाखा प्रमुखको रुपमा कार्यरत छन् ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय