सिपमुलक तालिमको अनुगमन
बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित

पहल केसी

बाँके, फागुन १८/ बैदेशिक रोजगार बोर्र्डको सचिवालयको आर्थिक सहयोगमा भेरी प्राविधिक शिक्षालय नेपालगञ्जले बर्दियामा संचालन गरेको एक महिने छोटो अवधिको सिपमूलक तालिम अनुगमन गरेको छ ।

बुधबार बैदेशिक रोजगार बोर्ड सचिवालयका प्रशिक्षण तथा अनुसन्धान शाखाका निर्देशक उपसचिव सिता दुवाडीको निर्देशनमा शाखा अधिकृत गायत्रा अधिकारी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका शाखा अधिकृत दिनेश ढकाल, सामी परियोजनाका प्रमुख सुरेन्द्र मोहन यादव र भेरी प्राविधिक शिक्षालयका शिक्षालय प्रमुख आशा कुमारी श्रेष्ठ लगायत बर्दियाका स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागितामा उक्त तालिमको अनुगमन गरेका हुन् ।

गत माघ १७ गतेदेखि सञ्चालनमा आएको छोटो अवधिको सिपमूलक तालिममा बर्दियाको गुलरिया नगरपालिका–१ मा डकर्मी, वडा नं. ५ मा डकर्मी र पलाम्बर सम्बन्धी तालिम दिइएको थियो । त्यस्तै बढैयाताल गाउ“पालिका –९ र मधुवन नगरपालिका–९ मा घरेलु विधुत जडान (इलेक्ट्रिकल) सम्बन्धी एक महिने सिपमूलक तालिम संचालन गरिएको थियो ।

अनुगमनका क्रममा तालिमको प्रभावकारिता, तालिम व्यवस्थापन, शैक्षिक सामाग्रिहरुको प्रायप्तता तथा तालिम पश्चिात प्रशिक्षार्थीहरुको भावि योजनाका बारेमा छलफल गरिएको भेरी प्राविधिक शिक्षालय नेपालगञ्जका शिक्षालय प्रमुख आशा कुमारी श्रेष्ठले जानकारी दिए ।

अनुगमनमा सहभागि भएका स्थानीय जनप्रतिनिधि मधुवन नगरपालिका–९ का वडा अध्यक्ष हर्क बहादुर बस्नेतले आफ्नो वडाका युवाहरुलाई यस्ता खालका व्यवसायीमुखी तालिमले व्यवसाय तथा रोजगारमा जोड्न मद्दत पुगेको बताए । बैदेशिक रोजगार बोर्डको सचिवालय र भेरी प्राविधिक शिक्षालय नेपालगञ्जलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्ता सिपमूलक तालिम संचालन गराउन आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय