अस्पतालको सामाजिक सेवा एकाइले दिने सेवा सन्तोषजनक
शुक्रबार, असार २२, २०८० मा प्रकाशित

बर्दिया, असार २२ (फरकसमाचार) / बर्दिया अस्पताल अन्तर्गत संचालनमा रहेको सामाजिक सेवा एकाईले दिने सेवा सन्तोषजनक देखिएको छ । सामाजिक सेवा एकाइले बिहीबार प्रस्तुत गरेको वार्षिक प्रगति विवरणले सन्तोषजनक सेवा प्रवाह गरेको देखाएको हो । सामाजिक सेवा इकाईले सन्तोषजनक र प्रशंसा योग्य सेवा दिएको अस्पताल विकास समितिका अध्यक्ष नारायण गौतमले बताए । एकाइले प्रर्वाह गरेको सेवाको कतैबाट पनि गुनासो नआएको जनाए । ‘एकाइले लक्षित समुह र आर्थिक स्थिती कमजोर भएका बिरामीलाई उपचारबाट बञ्चित हुन दिएको छैन’अध्यक्ष गौतमले भने,‘एकाइले गरेको यो प्रशंसा योग्य काम हो ।’

सामाजिक सेवा एकाइले १२ प्रकारका लक्षित समुहलाई सेवा दिदै आएको अस्पतालका बरिष्ठ मेसु डा.सुभाष पाण्डेयले बताए । ‘सामाजिक सेवा एकाइले आर्थिक स्थिती कमजोर, असहाय, जेष्ठ नागरिक, अपाङ्ता भएका व्यक्तिलाई सेवा दिएको छ’ मेसु डा.पाण्डेयले भने,‘यस एकाइले दिने सेवाको बिरामीको संख्या प्रत्येक वर्ष क्रमशःबढ्दै गएको छ ।’

सामाजिक सेवा एकाईले शत प्रतिशत सेवा दिएको छ । एकाइले चालु आर्थिक वर्षमा प्राप्त गरेका वार्षिक रु १५ लाख बराबरको कार्यसम्पादन गरेको सामाजिक सेवा एकाइका सहजकर्ता हेमन्त चौधरीले प्रस्तुतीकरण गरेका छन् । सामाजिक सेवा इकाईले चालु आर्थिक वर्षमा ५ सय २३ जना बिरामीलाई सेवा दिएको छ । १ सय ४० जनालाई इमरजेन्सी, ८१ जनालाई इन्डोर, ३ सय २ जनालाई ओपीडिबाट सेवा दिएको रेकर्ड छ ।

एकाईले जेरियाट्रिक स्वास्थ्य सेवा कार्यमक्रमबाट चालु आर्थिक वर्षमा जम्मा रु २० लाख प्राप्त गरेको थियो । निर्देशिका अनुसार एकाईले जम्मा रकमको ७० प्रतिशत रु १४ लाख नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गरेको छ भने ४० प्रतिशत रु ६ लाख अस्पतालको भौतिक पूर्वाधार तथा अन्यमा खर्च गरेको छ । जेरियाट्रिकमा १ हजार २ सय १० बिरामी उपचार र ८७ जनालाई एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । त्यसैगरी एकाइले दम तथा ब्रोङकाइटिस, सिकलसेल एनिमिया, आकास्मिक रेफरल, निशुल्क रक्त संचार, आमा सुरक्षा रक्त संचार, ओसिएमसि र स्वास्थ्य बिमाका बिरामीलाई सेवा दिएको छ ।

सरकारले निःशुल्क राष्ट्रिय स्वास्थ्य सेवा कार्यक्रम लागु गरि स्वास्थ्य संस्थाहरुमा सामाजिक सेवा एकाइको स्थापना गरेको हो । बर्दिया अस्पतालमा आव ०७४÷०७५ देखि सामाजिक सेवा इकाई स्थापना भई संचालनमा छ । बर्दिया अस्पतालमा रहेको सामाजिक सेवा ईकाईले गरिब, असहाय, अपांङ, जेष्ठ नागरिक, लैङ्गिक हिंसा प्रभावित बालबालिका, महिला स्वास्थ्य स्वयंसेविका, प्राकृतिक प्रकोपबाट प्रभावित, शहिद परिवार, कुपोषित बालबालिका, दुर्घटनामा परेका आकस्किम बिरामी अभिभावक नभएका, प्रहरीबाट ल्याएका थुनुवा र सिमान्कृत तथा लोपोन्मुख आदिवासी जनजातिलाई विषेश प्राथमिकता दिई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर