बर्दिया अस्पतालमा आयो रेबिज विरुद्धको खोप
बुधबार, साउन २४, २०८० मा प्रकाशित

बर्दिया, साउन २४ (फरकसमाचार)/ लामो समयपछि बर्दिया अस्पतालमा रेबिज विरुद्धको खोप आएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रबाट बर्दिया अस्पतालमा रेबिज बिरुद्धको खोप मंगलबार आएको हो । अस्पतालमा रेबिज बिरुद्धको खोप नहुँदा सर्वसाधारणलाई सास्ती खेप्नु परेको थियो । अब देखि सर्वसाधारणले खोपको लागि भौतारिनु पर्ने बाध्यता हटेको छ ।

अस्पतालमा रेबिज बिरुद्धको खोप उपलब्ध भईसकेको अस्पतालका सुचना अधिकारी द्रोण विक्रम पन्थीले बताए । ‘रेबिज बिरुद्धको खोप साउन २६ गतेपछि मात्र आउने जानकारी प्राप्त भएको थियो’सुचना अधिकारी पन्थीले भने,‘लुम्बिनी प्रदेशका सांसद माननीय जन्मजय तिमिल्सिनाको पहलमा केही दिन अगाडि रेबिज विरुद्धको खोप अस्पतालाई प्राप्त भएको छ ।’

अस्पताललाई रेबिज विरुद्धको १ सय ६० भाईल खोप प्राप्त भएको छ । अस्पतालले बुधबार देखि निरन्तर रेबिज विरुद्धको खोप निःशुल्कमा बिरामीलाई उपलब्ध गराउने सुचना अधिकारी पन्थीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर