सामाजिक संजालमा लाखौको सपना देखाउँने भेस्टिजका गिरोह
सोमबार, भदौ २५, २०८० मा प्रकाशित

बर्दिया,भदौ २५(फरकसमाचार)/ नेटवर्किङसंग जोडिएका भारतीय नागरिक मुजर्फर खानले आफुले भेस्टिज नेटवर्किङ बिजनेसबाट मनग्य आम्दानी गरेको तथ्य सामाजिक संजालनमा सार्वजनिक गरिरहन्छन् । त्यस्तो लोभलाग्दो कमाई देख्दा नेपाली आफु पनि डुब्छन् र अन्यलाई झुट बोलेर गिरोहको सदस्य बनाउँदा सोझा साझा ऋणमा चुर्लुम्म डुबेका दृष्टान्त धेरै छ ।

यतिबेला बर्दिया र बाँके लगायतका बजारमा देखिने अबुतलीब खानले आफुलाई डाक्टर भनेर चिनाउँने गरेको जानकारी प्राप्त भएको छ । रोग सन्चो बनाउँने ग्यारेन्टी गर्ने खान फुड सप्लिमेन्टको नाममा मनग्य रकम असुलेर औषधि दिन्छन् । खान भनिने डाक्टरले दिएको औषधि खादा पूराना रोग बल्झिएर बर्दिया अस्पताल विरामी आईरहेका छन् ।

डाक्टर भनिने खानले ४ महिनामा आफुले रु ५ लाख ४३ हजार ४ सय ९६ आम्दानी गरेको भन्दै भेस्टिज नेटवर्किङ टिमलाई धन्यवादसमेत दिएको देखिन्छ । भेस्टिजको एजेन्टले बनेर नेटवर्किङ गरे परफरमेन्स बोनस, डाईरेक्ट बोनस, लिडरसिप बोनस, ट्राभल फन्ड, कार फन्ड, हाउस फन्ड र स्किम फन्डसमेत पाउने गरेका खानले फेसबुकमा देखाएका छन् । यसरी भेस्टिजबाट विभिन्न किसिमका बोनस हासिल गरि मनग्य आम्दानी गर्ने प्रलोभन देखाउँदै नेटवर्किङ बिजनेससंग जोड्न सर्वसाधारणलाई उत्प्रेरित गरिरहेको पाईन्छ । नेटवर्किङ गर्ने भारतीय गिरोहले परिचालन गरेका नेपाली एजेन्टले सोही ट्रिक अपनाएर सर्वसाधारणलाई ठगिरहेको व्यापक गुनासो छ ।

भेस्टिज नेटवर्किङ विजनेसबाट लोभ लाग्दो आम्दानी गरेको प्रलोभन देखाई सर्वसाधारणलाई ठग्दै गरेको पाईएको छ । नेटवर्किङबाट मनग्य आम्दानी गरेको विवरण सामाजिक संजालमा सार्वजनिक गरि सर्वसाधारणलाई भेस्टिज नेटवर्किङ विजनेसको चंगुलमा सर्वसाधारणलाई फसाई ठगिरहेको पाईएको छ । नेटवर्किङ गर्ने भारतीय गिरोहको ईसारामा यति बेला नेपाली एजेन्टहरु घरघरै परिचालित भएका छन् ।

घरघरै परिचालित भएका एजेन्टले सर्वसाधारणलाई विभिन्न किसिमका प्रलोभन देखाई भेस्टिजका प्रोडक्ट बेच्ने र एजेन्ट बनाउने काम गरिरहेका छन् । उता भेस्टिज नेटवर्किङका डाक्टर खानले मनग्य आम्दानी गरेको दावी गरि सर्वसाधारणलाई अलमलमा पारेका छन् ।
औषधीलगायत दैनिक उपभोग हुने घरायसी सामान बजार मुल्य भन्दा तीन गुणा बढी मुल्य सर्वसाधारणसंग असुल गरि ठगिरहेको पाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर