यूनिटि जस्तै भेस्टिज नेटवर्कको गलत धन्धा
बिहिबार, भदौ २८, २०८० मा प्रकाशित

बर्दिया,भदौ २८ (फरकसमाचार) / बर्दियाका अनिल थारु, भारतीय मुजर्फर खान र डा.भनेर चिनिने अबुतलिब खान यी भेस्टिज नेटवर्क मार्फत नेपालमा बाणिज्य बिभागबाट लिएको कागजात देखाएर नेपाली ठग्ने संजालको मूख्य नाईकेको रुपमा देखिएका छन् । भारतबाट बोलाएर नेपाली ठग्न नेपाली एजेन्ट प्रोत्साहन गरिरहँदा नेपाली दाजुभाई नै नाईके बनेर सहयोगी भूमिकामा देखिने गरेको पाईएको छ । गिरोहले पश्चिम क्षेत्रमा ठगि गर्न बाँकेको नेपालगंज र बर्दियाको गुलरियामा पटक पटक प्रशिक्षण गरेर महात्वाकाक्षा बोकेका यूवाको सोचलाई बिग्रान सफल भईरहेका छन् ।

भेस्टिज प्रालिको भारतीय कम्पनिको नाममा फुडसप्लिमेन्टको कार्यक्रम गर्दा यहाँ स्थित प्रहरी र प्रशासनलाई जानकारी नदिने गरेको खुलेको छ । भारतबाट ल्याइएका त्यस्ता व्यक्तिले प्रशासनको आखा छलेर कार्यक्रम चलाउँने गरेका छन् । यिनिहरुले प्रशिक्षण दिँदा अस्पताल पुगेका विरामी र घरमा भएका दिर्घ रोगीलाई रोग सन्चो गर्ने ग्यारेन्टि दिएर फुडसप्लिमेन्ट नाममा उत्पादन बेच्ने गैर कानुनि धन्धा भएको पुष्टि गर्छ ।
यस्ता कामको जिम्मेवारी बर्दियाका लागि अनिल थारुले पाएको खुलेको छ । उनलाई साथ दिने गुलरियाका व्यबसायी अग्रपंक्तिमा रहेको स्रोत दाबी गर्छ । नेपालमा प्रत्यक्ष व्यबसाय गर्न बाणिज्य विभागले नियमवाली बनाएको छ । उक्त नियमावलिमा नेपालका उत्पादन बिक्रि वितरण गर्न पर्ने स्पष्ट बोलेको छ । भारतीय भेस्टिज प्रालि नाम दिएर फुडसप्लिमेन्टको नाममा सरकारलाई राजश्व छलेर त्यस्ता औषधि बिक्रि वितरण खुल्लम खुल्ला भईरहेको छ ।

यस्तामा थारु समुदायका यूवा र यूवति मार्फत भेस्टिज नेटवर्कको गलत धन्धालाई प्रोत्साहन गर्न लगाएको पाईन्छ । यहाँका यूवा यूवतिलाई प्रशिक्षण लिन एजेन्टले ललाई फकाई गरी भारतको बहराईच पुराउँने गरेको देखिन्छ ।

नेपाल भारतको खुला सीमामा यस्ता गतिबिधिले भबिष्यमा मानव वेचबिखन बढ्ने निश्चित देखिन्छ । भारतका गिरोह नेपाल आउँदा भारतीय लक्जरियस गाडीमा आउँने गर्छन् । अति मंहगा कार चढ्न भेस्टिजमा लाग्न तर्क दिदाँ सोझा यूवा र यूवति प्रलोभनमा फस्ने गरेका छन् । त्यस्ता गिराहले लिएर आउँने ओडीकार लक्जरियस कार मध्यमा पर्छन् । भारतबाट ल्याएका त्यस्ता कार देखाएर भबिष्यमा सजिलै किन्न सकिने झुटो आश्वासन बाडेर फोटो खिचाउँने गरेको भेटिएको छ ।

नेपालीलाई प्रोत्सासन गरेर भारतीय अस्पताल,क्लिनिक,दिर्घरोगीलाई रोग सन्चो गराउँने दाबीसहित एजेन्ट नेपाल प्रचलित ऐन विपरीत काम गरिरहेका छन् । भारतीय मुजर्फर र अवुतलिब भेस्टिज प्रालि संजालमा नेपालीलाई एजेन्ट बनाएर औषधि बेच्न एजेन्टलाई सुझाउँदा सोझा साझा सर्वसाधरण झुक्किरहेका छन् ।

नेपालीलाई कमिसन दिने प्रलोभन पारेर भारतीय गिरोहले धन्धालाई प्रोत्साहित गर्न सफल भईरहेका छन् । होटल होटलमा सामूहिक रुपमा बोलाएर यूवा र यूवतिको दिमागमा धनि बन्ने सपना देखाएर लुट मच्चाउँन गिरोहको प्रलोभनमा पर्दा नेपालीको साथ भारतीय गिरोहले पाईरहेका छ । सामाजिक संजालमा र यूटवमा मार्फत अनिल थारु भेस्टिज नेटवर्क मार्फत नेपाल भित्रिएका त्यस्ता औषधिले क्यान्सर जस्ता रोग निको पार्ने गरेको दाबी गर्ने गर्छन् । नेपालमा नेटवर्क मार्फत गरिने धन्धा नै अबैध धन्धा भएको ऐनमा उल्लेख छ ।

वाणिज्यबाट दिएको लाईसेन्स देखाएर प्रत्यक्ष बिक्रि प्रणाली मार्फत कम्पनी चलेको भनि गलत धन्धालाई प्रोत्साहित गरिरहेको भिडियो भेटिएको छ । नेपालमा उत्पादन वस्तु प्रत्यक्ष रुपमा बिक्रि वितरण गर्न पाईने ऐनमा टेकेर भेस्टिजको फुड सप्लिमेन्टको नाममा सोझा साझा ठग्ने गिरोहले नेपाल र भारतका सीमाक्षेत्रका बजार क्षेत्रमा व्यबसाय फस्टाईरहेको छ ।

सूचनाको आधारमा गुलरियामा फुडसप्लिेमेन्टका एजेन्ट रहेको खुलेपछि सम्र्पक आउँन जानकारी दिए पनि सम्र्पकमा नआएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताए । ‘भारतीय नागरिकले गर्ने कार्यक्रमका बारेमा प्रशासनलाई जानकारी दिन पर्छ,’उनले भने,‘सर्वसाधारणलाई झुक्काएर,प्रलोभनमा पारेर,संजाल बनाएर व्यबसाय गर्ने कसैलाई पनि छुट छैन ।’ मौखिक जानकारी गराएर नआएपछि प्रहरीलाई पत्राचार गरेर छानविन गर्ने प्रजिअ नारायण प्रसाद रिसालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर